For Youtvnepal long gif
  • Home
  • प्रदेश नं २
  • धनुषाको हँसपुर मेयरको नयाँ अग्रगामी कदम : गलत बाटोबाट सरकारी सेवा
Image

धनुषाको हँसपुर मेयरको नयाँ अग्रगामी कदम : गलत बाटोबाट सरकारी सेवा

  कात्तिक ७ गते। 
अनिलकुमार कर्ण

जनकपुरधाम : आफ्ना बालबच्चालाई सामुदायिक विद्यालयमा नामांकन गराई निजी विद्यालयमा पठनपाठन गराउने अभिभावकहरूको सातो जाने भएको छ ।

धनुषाको हँसपुर नगरपालिकाले नगरपालिका अनर्तगत रहेका ३० वटा विद्यालयका छात्रहरूको आजदेखिआवधिक परीक्षा लिई तिनको भर्ना, कक्षामा उपस्थिति र सिकाइस्तरको लागत राख्ने भएपछि निजीमा पढाउने तर नामांकन भने सामुदायिक विद्यालयमा गराउने अभिभावकहरू त्रस्त भएका हुन् ।

सामुदायिक विद्यालयमा लेखपढ गर्नेहरूलाई सरकारले चिकित्साशास्त्र तथा इन्जिनियरिंगलगायत विषय पढ्न प्राथमिक्तामा राख्ने र विभिन्न किसिमका छात्रवृत्ति दिने जस्ता सहुलियत दिँदै आएको छ ।

यस्ता सुविधा उपयोग गर्नका लागि धनुषासहित विभिन्न ठाउँमा अभिभावकहरूले आआफ्ना बालबालिकालाई निजीमा पढाए पनि नामांकन र परीक्षा दिलाउने कार्य भने सामुदायिक विद्यालयबाट गराउँदै आएका छन् ।

‘छोराछोरीलाई नामका लागि सामुदायिक विद्यालय तर पठनपाठन भने निजी विद्यालयमा गराउने अभिभावकहरू आवधिक परीक्षामार्फत विद्यार्थीको नियमन गर्ने नगर कार्यपालिकाको निर्णयपछि चिन्तित भएका छन्,’ माध्यमिक विद्यालय बघचौडाका शिक्षक रामजीवन कापरले भने, ‘यस निर्णयबाट सामुदायिक विद्यालयमा पढ्ने विपन्न र पछाडि पारिएका वर्ग तथा समुदायका बालबालिकाको हक हुनेखानेले खोसेको अवस्था समाप्त हुन्छ ।’

सामुदायिक विद्यालयमा लेखपढ गर्नेहरूलाई सरकारले चिकित्साशास्त्र तथा इन्जिनियरिंगलगायत विषय पढ्न प्राथमिक्तामा राख्ने र विभिन्न किसिमका छात्रवृत्ति दिने जस्ता सहुलियत दिँदै आएको छ । यस्ता सुविधा उपयोग गर्नका लागि धनुषासहित विभिन्न ठाउँमा अभिभावकहरूले आआफ्ना बालबालिकालाई निजीमा पढाए पनि नामांकन र परीक्षा दिलाउने कार्य भने सामुदायिक विद्यालयबाट गराउँदै आएका छन् ।ृरकग)उगिित्रगयतभे

जिल्लाका सामुदायिक विद्यालयहरूमा आजीविका धान्न धौधौ पर्नेहरूका बालबालिका मात्र पढ्ने गर्छन् । वैदेशिक रोजगार, ठेक्काबटैयामा खेतीपाती गर्ने वा मजदुरी गरेर घरगुजारा गर्नेहरूले समेत छोरालाई निजी विद्यालयमा पढाउने र छोरीलाई सामुदायिक विद्यालयमा पठाउने गरेका छन् ।

तर, नगरक्षेत्रका आर्थिक रूपमा सम्पन्न र टाठाबाठाहरूले सरकारी सुविधा प्राप्त गर्ने लोभमा आफ्ना बालबालिकालाई औपचारिकता पूरा गर्न सामुदायिक विद्यालयमा नामांकन गराउने गरेका छन् ।

‘उनीहरूको उद्देश्य भनेको अँग्रेजी माध्यमबाट जिल्ला सदरमुकामलगायत अन्य ठाउँमा निजी विद्यालयमा पढाउने तर एसइई परीक्षाका बेला सामुदायिकबाट उतीर्ण गराई सरकारी सुविधा सोहोर्ने हुन्छ,’ शिक्षक कापडिले भने,‘हँसपुरका मेयर रामज्ञान मण्डलजी यस गलत अभ्यास र प्रवृत्तिलाई रोक्न आवधिक परीक्षा लिने कार्ययोजना बनाउनुभएको हो ।’

निजीमा पढाउने र सामुदायिकबाट परीक्षा उतीर्ण गराउने अभिभावकहरूलाई विद्यालयका प्रधानाध्यापकहरूले आर्थिक चलखेलमा परी सघाउँदै आएको गुनासोपछि मेयर मण्डल फरक प्रकृतिका दुई विद्यालयमा पढ्ने विद्यार्थीलाई नियमन गर्न हौसिएका हुन् ।

मेयर मण्डलले आजबाट सुरु हुने परीक्षा १० अंकको हुने र अँग्रेजी, गणित, विज्ञान र नेपाली विषयका परीक्षा लिइने जानकारी दिए । उनले कोरोनाकालले गर्दा भौतिक रूपमा सीमित अवधिसम्म मात्र पढाइ भएकाले दस अंकको मात्र परीक्षा लिइने प्रस्ट्याए ।

परीक्षापछि उत्तरपुस्तिका नगर कार्यपालिकाको कार्यालयमा ल्याइने र ती उत्तरपुस्तिकाका आधारमा विद्यार्थीको विवरण तयार गरी विद्यालयमा विद्यार्थी भर्ना, नियमित उपस्थिति र सिकाइस्तरसँगै परीक्षा प्रणालीको अनुगमन गरिने मेयर मण्डलको भनाइ छ ।

Related Posts

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *