For Youtvnepal long gif
Image

तीतो तितेपाती खानुका अचुक फाईदाहरु

काठमाडौं । माघ १८ गते
स्वाद तीतो भएपनि स्वास्थ्यका लागि भने तितेपाती निकै लाभदायक छ । तितेपाती नेपालका अधिकांश स्थानमा पाइन्छ । यस वनस्पतिका औषधीय गुण भने कमैलाई थाहा छ । अधिकांशले यसलाई घरपालुवा जनावरको थलामा सोत्तरका रूपमा प्रयोग गर्छन् । यस बास्नादार वनस्पतिलाई जनावरले मिठो मानेर खान्छन् ।यावत् गुणको तितेपाती स्वास्थ्यका लागि निकै उपयोगी र औषधिको राजा मानिन्छ । यसलाई अंग्रेजीमा ‘मगवर्ट’ या ‘ब्ल्याक सेज’ भनिन्छ । यसको वैज्ञानिक नाम ‘आर्टिमिसिया भल्गरिस’ हो ।

जुका चुर्ना परेमा यसको जराको पाउडर बनाएर आदी चम्चा गिलास पानीमा भिजाएर विहान पानी सहित खानाले पेटको जुका मर्छ ।विशेष गरी तितेपातीलाई किटनाशक र एलर्जी हटाउने औषधीका रूपमा प्रयोग गर्न सकिन्छ । यति मात्र होइन तितेपातीलाई कूल पूजायुरिक एसिड भएकालाई पनि लाभ पुर्याउछ। बाहिरी घाउमा दिनमा दुई–तीन पटक लेप लगाउदा तीन–चार दिनमै सन्चो हुन्छ ।

कसरी उपयोग गर्ने रुबिहान उठ्नासाथ १५ दिनजति आधादेखि एक चम्चासम्म मनतातो पानीसँग खाँदा धेरैजसो रोगलाई फाइदा गर्छ ।तितेपातीको झोल ३० ग्राम पिउँदा ज्वरो र विषाक्त शरीरलाई तत्काल लाभ पुर्याउछ । बाथ,पित्त र कफ ९त्रिदोष० लाई बढ्न दिदैँन् ।तितेपाती सेवन गर्नुका फाईदाबारे लत उल्लेख गरिएको छ

छालामा समस्या छ भने झोल बनाएर लगाउँदा फाइदा गर्छ । सुनिएको ठाउँमा तातो पट्टि बाँधिदिँदा सन्चो बनाउँछ । सबै रोगलाई उपयुक्त हुने तीतेपाती हावामा सुकाएर पकाउँदै खोटो बनाएर एक दुई गोली बिहान खाँदा सबै किसिमका रोग नास हुन्छ ।बोटबिरुवा अन्नबाली तथा सागपातमा कीरा लाग्यो भने तितेपातीको रस एक लिटर गाईको गहुँत एक लिटर र तितेपातीको खरानी एक किलोग्राम पाँच–सात लिटर पानीमा मिलाई ५–६ पटक छर्कदा रोगका जीवाणुहरु हराउँछन् ।

बाली भित्र्याउनुअघि यसबाट बनेको औषधि छर्केर भण्डारण गर्दा घुनलगायत किराले दुःख नदिने हुनाले किसानका लागि यो निकै उपयोगी छ ।

तितेपातीको तेलबाट हाड दुखाइ, चिलाउने, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउन सकिने वनस्पतिविज्ञहरूको दाबी छ । अत्तर बनाउन पनि यसको प्रयोग हुन्छ।
घाउ, खटिरा, लुतो को समस्या भएमा तितेपातीको पात लाई माडेर निस्केको रस साथै पिसेर लेप बनाई ७ दिन सम्म दैनिक लगाउँनाले जाती हुन्छ।

पेटमा जुका, चुर्ना परेमा तितेपातीको जराको धुलो पाउडर बनाएर बेलुका सुत्ने बेलामा एक चम्चा एक गिलास पानीमा मिसाएर राख्ने र बिहान उठ्ने बित्तिकै पिउने ठीक हुन्छ साथै तितेपाती को एउटा पातलाई चपाएर रस खाने र खोस्टा फाल्ने गरेमा पनि पेटको जुका, चुर्ना लाई हटाउन मद्दत गर्दछ।

अन्नबाली, सागसब्जीमा मा किरा लागेमा तितेपाती को १ लिटर रस, १ लिटर गाईको गौउत, १ केजी खरानी र ५ लिटर पानी मिसाएर दिनमा ५ देखि ६ पटक सम्म छरकने गरेमा किरा मरी कीटाणु रहित हुन्छ।

तितेपाती लाई तातो पानीमा पकाएर नरम कपडा चोबि दुखेको, मर्केको, ठोकिएको ठाँउमा १ महिना सम्म दैनिक रूपमा सेक्ने गरेमा ठीक हुन्छ। युरिक एसिडको बिरामी ले प्रयोग गर्नु हुँदैन।

डन्डीफोर र चाया पोतो, एलर्जीको समस्या भएमा तितेपाती लाई पिसेर लेप बनाई १५ दिन सम्म लगाउँनाले ठीक हुन्छ।

ज्वरो आएको बेला तितेपातीको रस निकाली ३० ग्राम पिउने आराम महसुस हुन्छ। ३० ग्राम भन्दा धेरै प्रयोग गर्नु हुँदैन।

१५ दिन सम्म तितेपातीको धुलो पाउडर आधा चम्चा, १ गिलास तातो पानी मा मिसाएर खाने गरेका पेटमा रहेको विकारलाई हटाउँछ।

शिशुले खाना नखाने गरेमा तितेपातीको एउटा पातलाई पानीमा पकाएर खान दिने खाना खान थाल्छ। धेरै चाहिँ खुवाउनु हुँदैन।

बाथ, कफ, पित को समस्या भएमा तितेपातीको जरा लाई पिसेर धुलो पाउडर आधा चम्चा, १ गिलास पानीमा मिसाएर खाने गरेमा ठीक हुन्छ।

सुगरको बिरामीले तितेपातीको जरा लाई पिसेर धुलो पाउडर आधा चम्चा र १ गिलास चिसो पानीमा मिसाएर राति सुत्नु भन्दा अघि १० दिन सम्म खाने गरेमा ठीक हुन्छ। खाली पेटमा खानु हुँदैन।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *