• Home
  • ताजा समाचार
  • टेलिचलचित्र बेहुलीको २५ औ भाग पुरा ,पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि
Image

टेलिचलचित्र बेहुलीको २५ औ भाग पुरा ,पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रमुख अतिथि

काठमाडौं । माघ २५ गते
टेलिचलचित्र बेहुलीको २५ औ भाग पुरा भएको अवसरमा सोमबार भव्य कार्यक्रमको आयोजना गरिएको थियो । पुजा शाहीको कथा रहेको उक्त टेलिचलचित्रको लेखक तथा निर्देशन टेकेन्द्र कार्कीले गर्नु भएको छ, भने निर्माता सविना मगर,पुजा शाही, सह–निर्माता , कार्यकारी निर्माता राजु श्रेष्ठ हुन । उक्त कार्यक्रममा प्रमुख अथितिको रुपमा आउनु भएका नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले कार्यक्रमलाई सम्बोधन गर्दै भविष्यमा सफलताको शुभकामना दिनु भएको थियो । उहाँले टेलिचलचित्रको २५ भाग अथात् कोसेढुङ्गा पार गरि एउटा स्थान कायम गरेकोमा सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना दिनु भएको थियो । पुर्वप्रधानमन्त्री नेपालले कार्यक्रममा बेहुलीको नामले आर्कषित नभई जनताको मायाले तानेर आएको जिकिर गर्नु भएको थियो ।

‘‘म यस कार्यक्रममा बेलुलीको नामले आर्कषित भएर आएको होईन ,तपाईहरुको मायाले तानेर आएको हु उहाँले भन्नु भयो ’’ । उहाले आफु पार्टीको कुसीमा नभई जनताको मायाको कुर्सीमा बस्न रुचाउने बताउनु भएको थियो । त्यस्तै उहाँले नेपाली सिमाजका विकृतिहरुलाई उदाङगो पार्ने, कस्तो समाज हुनुपर्छ , कस्तो खालको पारिवारिक जिवन हुनुपर्छ र व्यक्तिगत सम्बन्ध हुनुपर्छ त्यसको निम्ति एउटा विशाल निर्देश गर्ने उदेश्य राखेर टेलिचलचित्र निमार्ण गर्ने अभियानमा जुट्न सुझाव दिनु भएको थियो । उहाँले साहित्य समाजको ऐना भएको र साहित्य र संस्कृतिमा समाजको प्रतिबिम्ब आउने उल्लेख गर्नु भएको छ । त्यसैगरि उहाँले बलिउडकि चर्चित गायिका लता मंगेशकरको निधनप्रति दुख व्यक्त गर्नु भएको थियो । लता मंगेशकर शरीर संसारबाट विदा भए पनि उहाँले गाएका गीतहरु,उहाँको सुमधुर स्वरले सबै हामिबीच जिवित रहने बताउनु भएको थियो ।

उहाँले भन्नु भएको छ, ‘‘समाजको ऐना भनेको साहित्य हो ,साहित्य नै समाजको ऐना हो, साहित्य र संस्कृतिमा समाजको प्रतिबिम्ब आउदछ, तर समाजको प्रतिबिम्ब आएर मात्र पुग्दैन, हामिले परिकल्पना गरेको समाज,वर्तमान समय र भविष्यको प्रतिबिम्ब आउनु पर्छ ’’ । त्यस्तै कार्यक्रममा बिशेष अतिथि समाजसेवी सोभा पाठक, अतिथि, कलाकारहरु र सन्चारकर्मीहरु लगायतको उपस्थितीका बीच कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको सभापतित्व सन्जिव सिं तामाङ, स्वागत मन्तव्य लोक बहादुर तामाङ र कार्यक्रमको सञ्चालन कमल योञ्जन तामाङले गर्नु भएको थियो ।

कमल योञ्जन तामाङको प्रस्तुती रहेको टेलिचलचित्र बेहुली प्रत्येक सोमबार सांझ ६,३० बजे ओमकार टेलिभिजनमा र ५ बजे मा रोमान्टिक नेपाल नामक युटुब च्यानलमा प्रसारण गरिने छ ।उक्त टेलिचलचित्रमा केही समय अघि सामाजिक सञ्जालमा भाईरल भएकी सृष्टि तामाङलाई बेहुलीको मुख्य भुमिका र कमल योञ्जन तामाङले बेहुलाको मुख्य भुमिका निभाउनु भएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *