For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • टेको लगाएका भौतिक संरचना पुननिर्माणका लागि अनुमति नपाएको विद्यासुन्दर शाक्यको तर्क
Image

टेको लगाएका भौतिक संरचना पुननिर्माणका लागि अनुमति नपाएको विद्यासुन्दर शाक्यको तर्क

काठमाडौं । माघ २ गते
काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले २४ औं भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको भूगोलपार्कमा आयोजित स्मृति सभामा बोल्दै विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताउनु भएको छ । भूकम्पले भौतिक संरचनामा पुर्याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको उल्लेख गर्दै मेयर शाक्यले काठमाडौँमा अझै पनि टेकाको भरमा सांस्कृतिक संरचना अडिएको उल्लेख गर्नु भएको छ ।

मेयर शाक्यले टेको लगाएका भौतिक संरचना पुननिर्माणका लागि अनुमति नपाएको गुनासो गर्नु भएको छ । कार्यक्रममा महानगरमा कार्यरत फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विश्वेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

विपद व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठका अनुसार आगलागी नियन्त्रणका लागि गरेको योगदानको सम्मान स्वरुप उनीहरुलाई सम्मान गरिएको हो । १९९० साल माघ २ गतेको विनाशकारी भूकम्पले पुर्याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *