• Home
  • समाचार
  • जनमत पार्टी पर्साद्वारा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई चार थान डेस्क–बेन्च प्रदान
Image

जनमत पार्टी पर्साद्वारा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई चार थान डेस्क–बेन्च प्रदान

वीरगंज – वीरगंज महानगरपालिका–३० लालपर्सास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई जनमत पार्टी पर्साले चार थान डेस्क–बेन्च उपलब्ध गराएको छ। विद्यालयमा देखिएको आवश्यकतालाई मध्यनजर गर्दै लोककल्याणकारी अभियानअन्तर्गत अध्यक्ष ओमप्रकाश सर्राफको पहलमा डेस्क–बेन्च हस्तान्तरण गरिएको हो।

कार्यक्रममा जनमत पार्टी पर्साका अध्यक्ष सर्राफले शिक्षालाई समाज रूपान्तरणको आधार बताउँदै विद्यालयको वातावरण सुधारमा समुदाय, स्थानीय सरकार र राजनीतिक दलहरू संयुक्त रूपमा अघि आउनुपर्ने धारणा राखे। उनले मधेस प्रदेशको शैक्षिक सूचकांक अन्य प्रदेशको तुलनामा कमजोर देखिनु चिन्ताजनक भएको उल्लेख गर्दै आधारभूत पूर्वाधारको अभावले विद्यार्थीको सिकाइ प्रभावित हुने बताए। सर्राफले जनमत पार्टी पर्साले आफ्नै स्तरबाट निरन्तर सहयोग गर्दै आएको बताउँदै, “सानो सहयोग भए पनि विद्यालय सुधारमा टेवा पुग्ने विश्वास छ,” भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुप महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष ओमप्रकाश सर्राफ, क्षेत्रीय संयोजक डा. मनोज सर्राफ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, नागेन्द्र यादव, महानगर उपाध्यक्ष निरन्जन कुशवाहा, युवा नेता राजन मण्डल र अनिल शर्मा, प्रधानाध्यापक हेम आचार्यलगायतको उपस्थिति थियो।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *