वीरगंज – बडा दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा पिक्स लेन्स वीरगंजले नव दुर्गा पूजा सेवा समितिलाई ३५ वटा टि–शर्ट सहयोग गरेको छ। श्रद्धालु भक्तजनलाई वितरण गर्न सहयोग गरिएको टि–शर्टबारे पिक्स लेन्सका सञ्चालक सौरभ अग्रवालले जानकारी दिए।
उनका अनुसार घटस्थापनाको दिन वीरगंजमा निस्किएको कलश यात्रामा पाँच सयभन्दा बढी भक्तजन सहभागी थिए। दुर्गा पूजा सेवा समितिले आफ्नो क्षेत्रमा दुर्गा माताको मूर्ति स्थापना गरी सर्वसाधारणलाई निःशुल्क सेवा प्रदान गर्दै आएको छ।
आगामी दशैंमा नागवा दुर्गा पूजा समितिद्वारा विशेष कार्यक्रम आयोजना हुने र पिक्स लेन्सले दशैंको समयमा निःशुल्क फोटोग्राफी तथा भिडियो ग्राफी सेवा उपलब्ध गराउने निर्णय गरेको पनि अग्रवालले बताए।















