For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र गरेको छैन –डा. मिनेन्द्र रिजाल
Image

गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र गरेको छैन –डा. मिनेन्द्र रिजाल

काठमाडौं । माघ २० गते
वर्तमान सत्ता गठबन्धनसँग जीवनभर मिलेर चुनाव लड्छौँ भनेर कागजपत्र नगरेको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बताउनुभएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी संविधान ट्र्याक बाहिर गएको भन्दै संविधानलाई ट्र्याकमा ल्याउनका लागि मात्रै गठबन्धन गरिएको उहाँको भनाइ छ ।

राष्ट्रिय युवा सङ्घ नेपालले काठमाण्डौमा आयोजना गरेको ‘स्थानीय तह चुनाव, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक खुला बहसमा बोल्दै उहाँलेकेपी ओली नेतृत्वको सरकारले जसरी शासन गर्दै थियो, जसरी पटक–पटक प्रतिनिधि सभा विघटन गर्‍यो, त्यसबाट संविधान जोगाउन गाह्रो हुन्छ भनेर हामीहरू हिँडेको जिकिर गर्नु भएको थियो ।

नेता रिजालले एमालेले निरन्तर संसद अवरोध गरिरहनु बेठिक भएको बताउनुभयो । सभामुखको भूमिका चित्त नबुझेमा हटाउने कानुनी व्यवस्था संविधानले दिएको भए पनि एमालेले त्यसो गर्न नसकेको नेता रिजालले बताउनुभयो । संसद्को गतिरोध अन्त्य गरेर निकास दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *