• Home
  • ताजा समाचार
  • गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने गगन थापाको भनाई
Image

गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने गगन थापाको भनाई

काठमाडौं फागुन ३० गते
पार्टीमा निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बताउनु भएको छ ।आगामी चुनावमा गठबन्धनमा जाने वा एक्लै जाने भन्ने विषयमा अब छलफल सुरू हुने थापाले बताउनु भएको छ । उहाँले ‘कांग्रेस अहिले अन्य दलसँग गठबन्धनमा रहेको र यो नेपालको आवश्यकता भएको जिकिर गर्नु भएको छ । उहाँले गठबन्धनलाई थप मजबुत बनाएर स्थानीय चुनावमा जाने भन्नेमा अलमल केही नभएको उल्लेख गर्नु भएको छ ।

उहाँले २०५६ सालको सन्दर्भलाई स्मरण गराउँदै त्यति बेला तत्कालिन आवश्यकताका आधारमा कांग्रेस र एमालेको संयुक्त सरकार बनेको र दुईवटै पार्टी मिल्नुपर्छ भनेर चुनाव गराएको तर तर चुनावमा तालमेल नगरी एकअर्काबीच प्रतिस्पर्धा गरेर चुनाव लडेको बताउनु भएको छ । पटक पनि चुनावमा तालमेल गरेर जाने कि एक्लाएक्लै लड्ने भन्ने विषयमा बल्ल छलफल सुरू भएको उहाँको भनाई छ।

महामन्त्री थापाले पार्टीभित्र गठबन्धनमा निर्वाचन लड्ने र आफ्नै तागतमा निर्वाचन लड्ने दुई वटा मत रहेको भन्दै चैत दोस्रो साताभित्र निर्णय हुने स्पष्ट पार्नु भएको छ । अहिले कांग्रेसले चुनावी अभियान सञ्चालन गरिरहेको भन्दै तल्लो तहका कमिटी र नेताहरूको रायका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने उहाको भनाई छ । उहाँले कांग्रेस पार्टीभित्र भागबण्डाको अन्त्य गर्न खोजेको बताउनु भएको छ । उहाँले पार्टीभित्र हुने भागबण्डाको प्रक्रियाको अन्त्य गरी विधिअनुसार अघि बढेको बताउनु भएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *