For Youtvnepal long gif
Image

खानेपानी मन्त्री प्रदीप यादवद्वारा राजीनामा दिने घोषणा

काठमाडौं  – ओली नेतृत्वको सरकारमा एकपछि अर्को गर्दै मन्त्रीहरूले राजीनामा दिन थालेका छन्। जेनजी आन्दोलनको क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएको घटनालाई लिएर सरकारमाथि व्यापक आलोचना भइरहेको छ। उक्त घटनापछि सरकारमा बस्नु नै अनुचित भएको भन्दै मन्त्रीहरू राजीनामा दिन थालेका हुन्।

पहिलो राजीनामा कृषिमन्त्रीले दिएका हुन् भने त्यसपछिका क्षणमै खानेपानी मन्त्री प्रदीप यादवले पनि आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि सरकार छोड्ने निर्णय लिएको जनाएका छन्।

तीनै मन्त्रीहरूले एउटै स्वरमा जनताको पीडालाई सरकारले वेवास्ता गरेको, यस्ता घटनामा सत्ता रहिरहनुको नैतिकता नरहेको भन्दै सरकारमा बस्नुको अब कुनै अर्थ नरहेको स्पष्ट पारेका छन्।

यस राजीनामा श्रृंखलाले ओली सरकारलाई थप दबाबमा पारेको छ भने आगामी दिनमा अन्य मन्त्रीहरूले पनि यस्तै कदम चाल्ने अड्कल गरिएको छ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *