• Home
  • ताजा समाचार
  • कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ आजदेखि
Image

कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ आजदेखि

काठमाडौं । माघ ६ गते
आजदेखि कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि भर्चुअल माध्यमबाट मुद्दाको सुनुवाइ हुँदै छ । कोरोना सङ्क्रमण तीव रूपमा फैलिएपछि विशेष अदालतले नियमित सेवा प्रवाहमा सङ्कुचन गरेको छ । मङ्गलबार सर्वोच्चको पूर्ण बैठकको निर्णयअनुसार अदालतले सेवा प्रवाह कटौतीको सूचना जारी गरेको हो ।माघ ६ देखि लागू हुने गरी माघ १८ सम्म सेवा कटौती गरिएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए ।

अभियोग पत्रसाथ उपस्थित गराइएका अभियुक्तको थुनछेक प्रक्रिया, म्याद थपलगायत प्रक्रिया पनि भर्चुअल माध्यमबाटै सञ्चालित रहनेछन् । सेवा प्रवाह स्थगनको अवधिका मुद्दा तथा निवेदनहरूमा रहेको म्याद, हदम्याद र तारेख नगुज्रने अदालतको सूचनामा उल्लेख छ ।अदालतले थुनुवा भएका मुद्दाबाहेकका अन्य सबै मुद्दाको साप्ताहिक र दैनिक पेसी सूचीअनुसारको सुनुवाइ स्थगन गरेको छ ।

यस्तै साक्षीको बकपत्र, हाजिर हुन आउने तथा वारेसका निवेदनको पेसी पनि स्थगन गरेको छ । धरौटी फिर्ता, रोक्का फुकुवालगायतका सेवा पनि अदालतले बन्द गरेको छ ।फैसला तथा अन्य कागजात प्रमाणित गर्ने सम्पूर्ण सेवा पनि अदालतले स्थगन गरेको छ । थुनुवा मुद्दाको सुनुवाइ पनि भर्चुअल माध्यमबाट गरिने अदालतद्वारा जारी सूचनामा उल्लेख छ । अन्य सेवा बन्द भए पनि मुद्दा दर्तालगायतका प्रक्रिया भने यस अवधिमा पनि जारी रहनेछन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *