• Home
  • ताजा समाचार
  • किसान आन्दोलनको सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने सिके राउतको तर्क
Image

किसान आन्दोलनको सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने सिके राउतको तर्क

काठमाडौं । माघ २७ गते
किसान आन्दोलनको सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले बताउनु भएको छ । वर्षौंदेखि किसानको समस्या कायम नै रहेको अवस्थामा जुनसुकै सरकार र व्यावस्था परिवर्तन भए पनि किसानले उठाएको मुद्दाको सम्बोधन नभएसम्म निर्वाचनको औचित्य नरहने भएकोले किसानको माग सम्बोधन भए मात्रै मधेसमा स्थानीय तहको निर्वाचन हुने बतउनु भएको हो ।वीरगन्जमा बुधबार पत्रकार सम्मेलन गर्दै जनमत पार्टीका अध्यक्ष डा.राउतले मतदाता किसानले जिताएर पठाएका राजनीतिक दलका नेताहरूले नै सत्तामा पुगेपछि किसानको दुःख पीडा बिर्सिएर उल्टै किसानलाई दमन गर्ने गरेको आरोप लगाउनु भएको थियो ।

उहाँले जनमत पार्टीले अहिले किसान आन्दोलनको मुद्दालाई प्राथमिकतामा राखेर अगाडि बढेको भन्दै देशमा हुने जुनसुकै अन्याय, अत्याचार र विभेदकाविरुद्ध आन्दोलनको नेतृत्व गर्न सक्ने बताउनु भएको थियो । अध्यक्ष राउतले लोकतन्त्रमा एकजना नागरिकले पनि राज्यको गलत प्रवृत्तिको विरुद्ध आवाज उठाउन सक्ने भन्दै मधेसका किसानले माग सम्बोधन गर्नका लागि ज्ञापनपत्र बुझाउन खोज्दा समेत मुख्यमन्त्री लालबाबु राउत र उहाँको नेतृत्वको सरकारले ज्ञापनपत्रसमेत नबुझेर किसानको अपमान गरेको बताउनु भएको थियो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *