• Home
  • ताजा समाचार
  • काँग्रेस बारा सभापतिमा यादव,सर्लाहीमा , सिंह, र सिन्धुपाल्चोकमा जङ्गबहादुर लामा निर्वाचित
Image

काँग्रेस बारा सभापतिमा यादव,सर्लाहीमा , सिंह, र सिन्धुपाल्चोकमा जङ्गबहादुर लामा निर्वाचित

काठमाडौं फागुन ३० गते
नेपाली काँग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी हुनु भएको छ । आइतबार मध्यराति सार्वजनिक मतपरीणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको हो । सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापनइतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाउनु भएको थियो । रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी हुनु भएको हो । निर्वाचन समितिका अनुसार ३ हजार २७५ मतमध्ये ३ हजार १७४ मत खसेको थियो ।

त्यस्तै कांग्रेस बाराको सभापति पदमा राजेशराय यादवले एक हजार २०६ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार १५४ मत पाउनु भएको थियो । प्रमुख निर्वाचन अधिकृत गङ्गेश्वरप्रसाद अधिकारीले निर्वाचनमा २९ मत भने बदर भएको जानकारी दिनु भएको छ ।

त्यसैगरि कांग्रेस सिन्धुपाल्चोक सभापति पदमा जङ्गबहादुर लामा ९१२ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँलाई सोही पदका पहिलो चरणका उम्मेदवार प्रेमध्वज लामाले समर्थन जनाउनु भएको थियो । जङ्गबहादुरका प्रतिस्पर्धी वंशलाल तामाङले ८४८ मत प्राप्त गर्नु भएको थियो निर्वाचन समितिका अनुसार सो पदमा आइतबार दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १७८३ मत खसेको थियो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *