For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनायो –मुख्यमन्त्री जीवनबहादुर शाही
Image

कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनायो –मुख्यमन्त्री जीवनबहादुर शाही

काठमाडौं । पुष २७ गते
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीपुत्री सुनमाया बुढाले विश्वमाझ नेपालको शिर उँचो बनाएको बताउनु भएको छ । बुढालाई सोमबार कर्णाली प्रदेशमा गरिएको अभिनन्दन कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले बुढाको उच्च प्रशंसा गर्नु भएको हो ।

मुख्यमन्त्री शाहीले सन् २०२१ डिसेम्बर १२ मा थाइल्यान्डको उत्तरपश्चिममा पर्ने सबैभन्दा उच्च पर्वत डोर्ड इथानन्मा सम्पन्न ११० किलोमिटरको अल्ट्रा ट्रेल रेसअन्तर्गत महिला प्रतियोगीहरुमा विश्वमा प्रथम आएर बुढाले कर्णाली र नेपालका नामको संसारभर चिनाएको भन्दै खुसी व्यक्त गर्नु भएको छ । सुनमायाको जीतले कणालीवासीको गर्वले छाती फुलेको उहाँको भनाइ थियो।बुढाले दुई हजार प्रतियोगी सहभागी रहेको उक्त रेसमा महिलामा प्रथम र पुरुषसहितको दौडमा तृतीय स्थान प्राप्त गरेकी थिइन्।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *