ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ३ घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ३ घण्टा अगाडिकति छ नरेन्द्र मोदीको सम्पत्ति ?
By YOUTV
१ वर्ष अगाडि
Comments: 0
काठमाडौँ । प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी शपथपत्र अनुसार उनको सम्पत्ति ३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यसमध्ये धेरैजसो रकम बैंकमा रहेको मुद्दती निक्षेप हो ।
प्रधानमन्त्री मोदीले मे १४ मा आफ्नो संसदीय सीट वाराणसीबाट चुनावी उम्मेदवारी दर्ता गराउदा पेश गरेको सम्पत्ति विवरणमा उनको अचल सम्पति नभएको उल्लेख छ ।
शपथपत्रमा दिइएको जानकारी अनुसार मोदीसँग ३ करोड २ लाख ६ हजार ८ सय ८९ रुपैयाँको चल सम्पत्ति छ, जसमध्ये करिब २ करोड ८५ लाख भारतीय स्टेट बैंकमा मुद्दती निक्षेप रहेको छ ।
यसबाहेक पीएम मोदीसँग चारवटा सुनको औँठी छ, जसको मूल्य २.६७ लाख रुपैयाँ छ । जहाँ मोदीसँग ५२ हजार ९२० नगद र ९ लाख १२ हजार रुपैयाँको राष्ट्रिय बचत प्रमाणपत्र रहेको छ । गत आर्थिक वर्षमा प्रधानमन्त्री मोदीले ३.३३ लाख रुपैयाँ आयकर तिरेका थिए ।
निर्वाचन शपथपत्रको अचल सम्पत्तिको स्तम्भमा कुनै जानकारी दिइएको छैन । सामान्यतया यसमा जग्गा र घरको विवरण दिइएको हुन्छ । जशोदाबेनलाई प्रधानमन्त्री मोदीकी पत्नीको रूपमा वर्णन गरिएको छ। उनीसँग कति सम्पत्ति छ भन्ने जानकारी शपथपत्रमा दिइएको छैन ।
मोदीलाई अहमदाबादका बासिन्दा भनिएको छ । मोदीले दिल्ली विश्वविद्यालयबाट १९७८ मा बीए र १९८३ मा गुजरात विश्वविद्यालयबाट एमए डिग्री हासिल गरेका थिए ।
२०१९ को लोकसभा चुनावमा, पीएम मोदीले गुजरातको गान्धीनगरमा आवासीय जग्गासहित २.५ करोड रुपैयाँको सम्पत्ति रहेको बताएका थिए । जसमध्ये १.२७ करोड रुपैयाँ मुद्दती निक्षेप थियो ।
उही समयमा, २०१४ लोकसभा चुनावमा, मोदीको कुल सम्पत्ति १.६५ करोड भारु थियो ।
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी ३ घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि