For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • एमालेले सत्ता केन्द्रीकरण गर्दै संसद निमोठ्ने प्रयास गरेको पूर्वप्रधानमन्त्री खनालको आरोप
Image

एमालेले सत्ता केन्द्रीकरण गर्दै संसद निमोठ्ने प्रयास गरेको पूर्वप्रधानमन्त्री खनालको आरोप

काठमाडौं । फागुन १९ गते
एमालेले सत्ता केन्द्रीकरण गर्दै संसद निमोठ्ने प्रयास गरेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आरोप लगाउनु भएको छ । बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले एमालेलाई संसद फोबिया भएको बताएउनु भएको छ । नेता खनालले एमालेले सत्ता हाँक्न जनताले दिएको अवसर दक्षिणपन्थको मार्गमा हिँड्दै फुटवादतर्फ गएको उल्लेख गनु भएको थियो । पार्टीले त्यसको आलोचना गर्दा असहयोगको नाममा संसद नै निमोठ्ने प्रयास गरेको उहाँले बताउनु भएको थियो ।

अहिले प्रतिपक्षमा हुँदा नारा लगाएर संसद चल्नै नदिने अवस्थामा पुग्नु संसद फोबिया भएको उहाँको भनाइ थियो । युक्रेन र रुसबीचको द्वन्द्वमा धारणा बनाउन हतार गर्न नहुने भन्दै खनालले असंलग्न पराराष्ट्र नीति लिएको राष्ट्रले हतारमा कसैको पक्ष लिन नहुने बताउनु भएको थियो । उहाँले ‘असन्तुलित कूटनीतिक प्रदर्शन गर्दै सरकारले के अमेरिकी शिविरमा ढल्किएको हो?यसको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिनुपर्ने बताउनु भएको थियो ।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *