For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको भनाई
Image

एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाएको पूर्वप्रधानमन्त्री भट्टराईको भनाई

काठमाडौं । पुष ७ गते

एमालेले लामो समयसम्म प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आक्रोश व्यक्त गर्नु भएको छ ।

आज सामाजिक सञ्जाल मार्फत उहाँले पार्टी फुटेको रीस र केपी ओलीको सनकको भरमा चलेको एमालेले प्रतिनिधिसभालाई बन्धक बनाएको भन्दै आक्रोस पोख्नु भएको हो । सभामुख अग्नी सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले लामो समयदेखि संसद चल्न दिएको छैन। मंगलबार पनि एमालेले नाराबाजी गर्दै संसद् अवरुद्ध गरेको थियो।

भट्टराईले सामाजिक सञ्जालमा लेख्नु भएको छ,‘पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास होरु के यही हो उसको जबजरु’, नेता भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छरु बढी उफ्रँदा आफ्ने धोती फुस्कन्छ है१’।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *