• Home
  • ताजा समाचार
  • एमालेले आफ्नो पार्टीकाविरुद्ध गलत प्रचार गरेको एसका अध्यक्ष नेपालको दाबी
Image

एमालेले आफ्नो पार्टीकाविरुद्ध गलत प्रचार गरेको एसका अध्यक्ष नेपालको दाबी

काठमाडौं । माघ २० गते
अहिलेको ५ दलीय गठबन्धन अझै बलियो भएर जाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । काठमाडौंको जडिबुटीमा नेकपा एसले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले गठबन्धन तोड्न एमाले अध्यक्ष केपी शर्मा ओली लागिरहे पनि गठबन्धन दलहरू बिच भएको छलफलमा गठबन्धनलाई अझै बलियो बनाएर लैजाने सहमति भएको बताउनुभयो ।

अध्यक्ष नेपालले गठबन्धन तोड्न र आपसी अविश्वास पैदा गराउन एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतबाट खोजिएको भए पनि गठबन्धन अझै बलियो भएर जाने र गठबन्धनले नै चुनाब गर्नेछ उहाँको भनाई थियो । एमसीसीकाबारेमा एमालेले आफ्नो पार्टीकाविरुद्ध गलत प्रचार गरेको भन्दै उहाँले गठबन्धनविरुद्ध भएको षड्यन्त्रप्रति सचेत भएर अगाडि बढ्नु पर्ने औल्याउनुभयो ।एमालेमा केपी ओलीको व्यक्तिवाद हाबी अझै बढेको भन्दै उहाँले व्यक्तिवादी चरित्रकै कारण एमाले छाड्दै जाने उहाँको भनाइ छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *