काठमाडौं । माघ १७ गते
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी भए पनि टेबल गर्नेपक्षमा रहेको बागमती प्रदेशका सांसद युवराज दुलालले बताउनु भएको छ । एमसीसीलाई संसद्मा फेल गर्ने सांसदको संख्या नभएको उहाँको भनाइ छ। आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले संसदमा काँग्रेस, एमाले दुवै पक्षका संस्थापन समूह पास गर्ने पक्षमा रहेकाले पास हुने उल्लेख गर्नु भएको छ ।
उहाँले माओवादी केन्द्रका बागमती प्रदेशसभा सदस्य दुलालले पास गरेपछि भने देशले महंगो मूल्य चुकाउनुपर्ने टिप्पणीसमेत गर्नु भएको छ । उहाले सामाजिक सञ्जालमा लेख्नु भएको छ , ‘प्रधानमन्त्री देउवा जसरी पनि एमसीसी टेबल गर्ने पक्षमा हुनुहुन्छ। संसदमा एमसीसी फेल गर्न पुग्ने सांसदको संख्या छैन’, ‘किनकी कांग्रेस र एमाले दुवैका संस्थापन पक्ष एमसीसी पास गर्ने पक्षमा छन्।’‘एमसीसी कसैलाई पास गरे पनि हुन्छ भन्ने लाग्ला, तर यो पास गरेको भोलिपल्टदेखि पास गर्नेले त पश्चाताप गरे पुग्ला तर नेपाल राष्ट्रले महंगो मूल्य चुकाउनु पर्नेछ’, उनले थप लेखेका छन्, ‘खवरदार ।
















