एनपीएलको दोस्रो सिजनमा मनोरञ्जनको तड्का: विश्वकै ४४औं स्थानको एलओडी क्लब ‘इन्टरटेनमेन्ट पार्टनर’
By anjana soni
५ महिना अगाडि
Comments: 0
काठमाडौं – बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण सोमबार (१ मंसिर २०८२) देखि कीर्तिपुरस्थित क्रिकेट रंगशालामा सुरु हुँदैछ। यस पटक खेलमैदान बाहिर पनि दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गर्नका लागि ठमेलको प्रसिद्ध एलओडी क्लब (Lord of the Drinks) लाई ‘इन्टरटेनमेन्ट पार्टनर’ को रूपमा अनुबन्ध गरिएको छ।
आइतबार आयोजित एक कार्यक्रममा क्लबका प्रमुख कार्यकारी अधिकृत रबिन श्रेष्ठ र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले यस सम्झौतामा हस्ताक्षर गरेका हुन्।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ।
उद्घाटन खेल: साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज बीच।
कुल खेल: लिग चरण, प्लेअफ र फाइनलसहित ३२ खेल।
डे/नाइट म्याच: कुल २३ खेल फ्लडलाइटमा हुनेछन्। लिग चरणका २८ खेल डे नाइटमा हुनेछन्।
पुरस्कार राशि: विजेता टोलीलाई १ करोड १० लाख रुपैयाँ। उपविजेताले ५१ लाख पाउनेछ।
सहभागी टिम: साविक विजेता जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी ८ फ्रेन्चाइज टोली।
राजस्व लक्ष्य: क्यानले यस पटक ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ।
एनपीएलको दोस्रो संस्करण त्रिवि मैदानको स्तरोन्नति, फ्लडलाइटको व्यवस्था र १० हजार अट्ने प्यारापिट निर्माण गरिएकाले क्रिकेट प्रेमीहरूका लागि थप उत्साहजनक हुने अपेक्षा गरिएको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि