• Home
  • समाचार
  • इन्टर–कलेज वाद–विवाद प्रतियोगिता: हेरिटेज पब्लिक कलेजबाट मदिना खातुन र लक्की अन्सारी फाइनलमा चयन
Image

इन्टर–कलेज वाद–विवाद प्रतियोगिता: हेरिटेज पब्लिक कलेजबाट मदिना खातुन र लक्की अन्सारी फाइनलमा चयन

बिरगंज — लायन्स क्लब बिरगंज परिवार, लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज मेट्रो सिटी, लायन्स क्लब बिरगंज फ्रेन्डजोन, लायन्स क्लब बिरगंज कुटुम्ब र लायन्स क्लब बिरगंज एक्सिलेन्सको संयुक्त आयोजनामा सञ्चालन भइरहेको इन्टर–कलेज वाद–विवाद प्रतियोगिताअन्तर्गत आज हेरिटेज पब्लिक कलेज +2 मा छनोट चरण सम्पन्न भएको छ।

“डिजिटल युगमा सामाजिक सञ्जाल युवावर्गमा प्रेरणा कि मानसिक तनाव ?” विषयमा ४ जना छात्रा र ४ जना विद्यार्थीबीच प्रतिस्पर्धा भएको थियो। सो प्रतिस्पर्धामा छात्रा मदिनाखातुन र छात्र लक्की अन्सारी विजेता घोषणा हुँदै दुवै समूहबाट फाइनल राउन्डका लागि छनोट भएका छन्।

कार्यक्रमको अध्यक्षता लायन्स क्लब बिरगंज मेट्रो सिटीका अध्यक्ष लायन उमेश गुप्ताले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य संघका मनोज उपाध्याय, विशिष्ट अतिथि डिस्ट्रीक्ट एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना, रिजन चेयर पर्सन लायन सन्दिप गुप्ता कानु, रिजन चेयर पर्सन लायन सन्जिता प्याकुरेल, परिवार अध्यक्ष लायन नरोत्तम पाण्डे, सेन्ट्रल सिटीकी अध्यक्ष लायन सुशिला साह, कुटुम्ब अध्यक्ष लायन रचना प्याकुरेल, फ्रेन्डजोन अध्यक्ष लायन सर्वन साह, एक्सिलेन्स जोन चेयर पर्सन लायन मनोज उपाध्याय, मेट्रो सिटी कोषाध्यक्ष लायन अन्कित चौरसिया, कलेजका चेयरम्यान र प्रिन्सिपल मंगेश यादवलगायतको उपस्थिति रहेको थियो।

विद्यार्थीहरूको उत्साहजनक सहभागिता र सक्रिय प्रस्तुतिसहित कार्यक्रम भव्य रूपमा सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *