Trending

आदर्शनगरको जग्गा प्रकरण चर्किँदै: पर्सा मालपोत प्रमुखमाथि मुद्दा अल्झाएको आरोप

2.0kViews
10 Shares

वीरगञ्ज – पर्सा जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत खेमराज खत्रीमाथि पुनः विवाद थपिएको छ। आर्थिक अनियमितता र घुस मागेको पुरानो आरोपकै बीच वीरगञ्ज महानगरपालिका–१० स्थित आदर्शनगर नगर विस्तार क्षेत्रको जग्गा विवादलाई जानाजानी जटिल बनाएको आरोप उनीमाथि लगाइएको हो।

आदर्शनगर क्षेत्रका केही जग्गाधनीहरूका अनुसार, प्रदीप केडिया परिवारले वर्षौँदेखि भोगचलन नगरेको भनिएको जग्गासम्बन्धी पुरानो निवेदनलाई आधार बनाएर हालका जग्गाधनीहरूलाई अनावश्यक दुःख दिइएको छ। उनीहरूले सञ्जय ठाकुर नामक व्यक्तिको संलग्नतामा भूमाफियाको सहयोगमा मुद्दालाई किचलो बनाइएको दाबी गरेका छन्।

“हाम्रो जग्गा वर्षौँदेखि भोगचलनमा छ, तर पुरानो निवेदनलाई आधार बनाएर फाइलहरू झुलाइराखिएको छ,” एक पीडित जग्गाधनीले नाम उल्लेख नगर्ने शर्तमा बताए। उनका अनुसार, सम्बन्धित फाइलहरूमा स्पष्ट निर्णय नदिई लामो समयसम्म प्रक्रिया रोकिँदा स्थानीयहरूको दैनिकी नै प्रभावित भएको छ।

पीडित पक्षले केही कित्ता जग्गामा स्वामित्व विवाद सिर्जना गरी प्रशासनिक प्रक्रिया जटिल बनाइएको आरोपसमेत लगाएका छन्। स्थानीयहरूले यसलाई भूमाफिया र प्रशासनबीचको मिलेमतोका रूपमा हेरेका छन्।

यता, प्रमुख मालपोत अधिकृत खेमराज खत्रीले भने आफूविरुद्ध लागेका सबै आरोप अस्वीकार गरेका छन्। “मैले कुनै पनि अनियमितता गरेको छैन, सबै प्रक्रिया कानुनअनुसार नै चलेको छ,” उनले प्रतिक्रिया दिएका छन्।

उक्त प्रकरणले मालपोत कार्यालयको कार्यशैलीमाथि प्रश्न उठाएको छ। स्थानीय प्रशासनबाट निष्पक्ष छानबिनको माग बढ्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय