For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • आज दउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित
Image

आज दउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं । माघ २६ गते
आज दउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ।संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै माघ २६ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराउनु भएको हो ।

संसद् सचिवालय उच्च स्रोतका अनुसार सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो। यसअघि आज बिहान ११ बजेका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बोलाएका थिए। त्यसपछि प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची पनि संसद सचिवालयले निकालेको थियो।

स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको सरकारले पाँचदलीय सत्ता गठबन्धनमै एमसीसी सम्झौतालाई टेबल गर्ने विषयमा एकमत नभएपछि प्रतिनिधि सभाको बैठकै स्थगन गरिएको सुचनामा उल्लेख गरिएको छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन भइरहेका छन्।

Related Posts

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ४ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj ३ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *