काठमाडौं । माघ २८ गते
प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एजेन्डामै नरहेको एमसीसी विषयमा जबर्जस्ती छलफल गराएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आरोप लगाउनु भएको छ । बुधबार बालुवाटारमा पदाधिकारी बैठक बसी विभिन्न एजेन्डा तय गरेको भए पनि आजको कार्यसम्पादन बैठकमा सभापति देउवाले एक्लौटीरुपमा एमसीसीको विषयमा छलफल गराएको बताए।
ुएक दिनअघि नै कार्यसम्पान समिति बैठकमा छलफलका लागि एजेन्डा तय गरेका थियौं। तर सभापतिज्युले बैठक सुरु हुनेवितिकै एमसीसीको विषयमा छलफल चलाउनुभयो। एमसीसी केन्द्रीत छलफलले अन्य विषयमा छाँयामा पर्यो,ु महामन्त्री शर्माले अन्नपूर्णसँग भने।
उनले पदाधिकारी बैठकमा स्थानीय निर्वाचन, भातृसंस्था र अधिवेशन हुन बाँकी रहेका जिल्लाका सम्बन्धमा छलफल गर्न एजेन्डा तय भएको बताए। पार्टी कार्यालय सानेमा बसेको कार्यसम्पादन बैठकले ९ बुँदे निर्णय गरेको थियो।












