Image

आज एमालेका अध्यक्ष ओलीले पत्रकार सम्मेलन गदै

काठमाडौं । माघ ९ गते
आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । आज दिउँसो १ बजे पार्टी कार्यालय थापाथलीमा पत्रकार सम्मेलन आयोजना गरिएको छ । सम्मेलनमा स्थानीय तह निर्वाचन, प्रधानमन्त्रीको देशवासीको नाममा भएको सम्बोधन र समसामयिक विषयमा एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने पार्टी कार्यालय सचिव डाक्टर भीष्मराज अधिकारीले जानकारी दिए।

निर्वाचन आयोगले माघ ७ भित्र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न दिएको सुझावलाई सरकारले वेवास्ता गरेपछि एमालेले आपत्ति जनाउदै आएको छ ।पछिल्लो समय सत्ता गठबन्धनमा स्थानीय निर्वाचनसहित तीनै तहका निर्वाचन एकैपटक मंसिरमा गर्ने कि भन्ने बहस भइरहेको छ । तर नेकपा एमालेले भने आगामी जेठ ५ अघि स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा सरकार त्यसलाई टार्ने योजनामा लागेको भन्दै सशंकित हुदै आएको छ ।साथै प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा समेत एमाले सरकारले गरेका कामलाई आफूले गरेको भनेर प्रचार गरेको एमालेको आरोप छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *