• Home
  • अर्थ
  • आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?
Image

आजको विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ भने युरो बढेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा कायम गरिएको छ ।

अघिल्लो दिनको तुलनामा शुक्रबार अमेरिकी डलरको भाउ ०३ पैसाले घटेको छ । यसअघि बिहिबार एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३३ पैसामा कारोबार भएको थियो ।

यसैगरी आज १७ पैसाले बढेर युरो एकको खरिदमा १४४ रूपैयाँ ५२ पैसा र बिक्रीमा १४५ रूपैयाँ १७ पैसा कायम गरिएको छ ।बिहिबार भने युरोपियन युरो एकको खरिदमा १४४ रूपैयाँ ३५ पैसा र बिक्रीमा १४५ रूपैयाँ तोकिएको थियो।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको शुक्रबार खरिददर १६८ रूपैयाँ ४२ पैसा र बिक्रीदर १६९ रूपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ १८

पैसा र बिक्रीदर ८७ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८६ पैसा कायम गरिएको छ ।

यता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४५ पैसा तथा

बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ १३ पैसा र बिक्रीदर २८ रूपैयाँ २५ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १६ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ०१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *