• Home
  • ताजा समाचार
  • आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री देउवाको दाबी
Image

आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने प्रधानमन्त्री देउवाको दाबी

काठमाडौं । माघ ८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन’ सत्तारूढ दलहरूबीच नै मतभेद रहँदै आइरहेका बेला आगामी एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने बताउनु भएको छ । सरकारले ६ महिना पूरा गरेको सन्दर्भमा शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न हुने बताउनु भएको हो । प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिनु भएको हो । उहाँले एक वर्षभित्रै तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्नेछ, निर्वाचनको पूर्वतयारी गर्न सम्बन्धित निकायहरूलाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सत्तारूढ गठबन्धनमा रहेका पाँच दल भने कुन तहको निर्वाचन कहिले गर्ने भन्नेमा अझै अन्योलमा नै रहेको उल्लेख गर्नु भएको थियो । निर्वाचन आयोगले भने स्थानीय तहको निर्वाचनका लागि आगामी १४ र २२ वैशाखको मिति प्रस्ताव गरिसकेको भए पनि निर्वाचनका विषयमा सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच नै कुरा मिल्न सकेको छैन ।त्यस्तै उहाँले कोरोनाभाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताउनु भएको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताउनु भएको हो । साथै उहाँले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गर्नु भएको थियो ।यस्तै प्रधानमन्त्री देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताउनु भएको थियो ।

देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने जिकिर गर्नु भएको थियो । प्रधानमन्त्री देउवाले संघीय संसदमा देखिएको गतिरोधको अन्त्य संवाद र सहमतिबाटै गर्ने बताउनु भएको थियो। प्रधानमन्त्री देउवाले अहिले संसदमा देखिएको गतिरोध अन्त्यमा राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट हुने बताउनु भएको हो ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *