For Youtvnepal long gif
  • Home
  • ताजा समाचार
  • अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न प्रदेश– २ का मुख्यमन्त्री राउतद्वारा निर्देशन
Image

अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न प्रदेश– २ का मुख्यमन्त्री राउतद्वारा निर्देशन

काठमाडौं । पुष ३० गते
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सबै सरोकारवाला निकायसँग कोरोना महामारीलाई फैल्न नदिन तथा कोरोना संक्रमितिको लागि औषधि उपचारको विषयमा छलफल गर्नु भएको छ । कोरोनाको तेस्रो लहर चलेसँगै त्यसका लागि आवश्यक तयारी गर्न सबै निकायलाई मुख्यमन्त्री राउतले निर्देशन दिनु भएको छ ।

छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश २ मा पनि बढ्न थालेपछि प्रदेश सरकारले महामारीलाई रोक्न आवश्यक तयारी थालेको छ । कोभिड १९ कै अलग प्रजाति ओमिक्रोन भेरियन्ट झन संक्रामक रहेकोले पनि त्यससँगको लडाइँमा स्वास्थ्यकर्मी, आमजनतालाई बलियो रुपमा लाग्नुपर्ने मुख्यमन्त्रीले बताउनु भएको छ ।

उहाँले पहिलो र दोस्रो लहरको संक्रमणका बेला प्रदेश देखिएको शय्या र अक्सिजनको समस्या अब हुन नदिने गरि तयारी गर्न निर्देशन दिनु भएको छ । प्रदेशभरिमा पाँच जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको र बारा, रौतहट र सर्लाहीमा पनि अक्सिजन प्लान्ट जडानको प्रक्रिया प्रदेश सरकारले बढाइसकेको उहाँको भनाई छ ।

Related Posts

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ हप्ता अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ हप्ता अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *