Image

विपन्न परिवारमा आमा र जुम्ल्याहा शिशुको स्याहारमा समस्या

काठमाडौँ, २५ जेठ

सुन्दरबजार नगरपालिका- ३ च्यानपाटा नजिकैको डाँडागाउँस्थित एक परिवारमा दुई महिनाअघि जन्मिएका जुम्याहा शिशुसँगै आमाको स्याहारसुसार र पोषणमा समस्या भएको छ । डाँडागाउँमा बस्दै आएका शिशुकी सुष्मा र बाबु विजय सुर्खेतीको आर्थिक कमजोर भएका कारण जुम्ल्याहा शिशु र आमाको उचित स्याहारसुसार र पोषणमा समस्या परेको हो ।

दुई महिना घि सुष्माले जुम्ल्याहा छोरा जन्माएकी थिइन्। उनीहरूले आमाको दुध पर्याप्त नआएकाले ल्याक्टोजिन खुवाउँदै आएका थिए । अब उनीहरूसँग भएकाे पैसा सकिएकाेले ल्याक्टाेजिनसम्म खुवाउन नसक्ने अवस्था आएकाे हाे । एक प्याकेट ल्याक्टोजिनको साढे सात सय रुपैयाँ पर्ने र त्यसले दुई बच्चालाई मुस्किलले तीन दिन पुग्ने आमा सुष्माले बताइन । उनका अनुसार बच्चाहरूको पोषणमा मात्रै एक महिनामा करिब साढे सात हजार रुपैयाँ खर्च लाग्छ।

गाउँमै ज्याला मजदुरी गर्दै आएका विजयको सुत्केरीलाई आवश्यकताअनुसार पोषिलो खाना र शिशुहरूलाई दुधजन्य पोषण खुवाउन नसकेको दुःखेसो गरे । बच्चा जन्मिएको भोलिपल्टदेखि नै स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल लगिएकोमा आफूले जोहो गरिराखेको ५० हजार सकिएकाे बताए । भएकाे रकम सुत्केरी खर्च र उपचारमा सकिएपछि अहिले आमा र बच्चाको स्याहारसुसार र पोषणमा समस्या भएको उनकाे भनाइ छ ।

उनीहरूलाई स्थानीय सहयोग जुटाएर खाना र स्याहारको व्यवस्था गरे पनि पर्याप्त नभएको पूर्वशिक्षक डिल्लीबहादुर रम्तेल बताउँछन् । स्थानीयले पाँच हजार रुपैयाँ सहयोग गरेकोमा त्यसले केहीदिन खानाको व्यवस्था भएको उनी बताउँछन्।

दोर्दी गाउँपालिकाको श्रीमञ्ज्याङस्थित आफन्तहरूले पनि सहयोग जुटाएर केहीदिन अघि १२ हजार रुपैयाँ दिएको शिशुका बाबुले बताए । यस्तै सहयोगले अहिलेसम्म जसोतसो सुत्केरी श्रीमती र छोराहरूलाई ल्याक्टोजिन खुवाउँदै आएको उनले बताए । सात महिनामै जन्मिएकाले जुम्ल्याहा बच्चालाई जोगाउन अझै बढी स्याहार सुसार गर्नुपर्ने आमा सुस्माले बताउँछिन् ।

बेँसीशहर नगरपालिका- ६ सारिङ स्थायी घर भएका विजयले तनहुँ पुर्कोटकी सुष्मासँग विवाह गरेको र अहिले डाँडागाउँस्थित खिमबहादुर मजाकोटीको खाली घरमा बसिरहेका छन् ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ३ घण्टा अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ५ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *