• Home
  • अर्थ
  • रत्नपार्कका व्यवसायीकाे के माग?
Image

रत्नपार्कका व्यवसायीकाे के माग?

काठमाडौं, १६ जेठ

काठमाडौंको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरूले व्यवसाय गर्न दिन माग गरेका छन् ।  काठमाडौं महानगरपालिकाले  ताला लगाइदिएको भन्दै उनीहरुले छिटोभन्दा छिटो पसल खोल्न पाउनुपर्ने माग गरेका हुन् ।

कात्तिकदेखि महानगरका नगर प्रहरीले व्यवसाय बन्द गराई सामान नियन्त्रणमा लिएकाे उनीहरूकाे आराेप छ । चैत २०७८ मा नगरप्रहरीले व्यवसायीहरूको सटरमा ताला लगाए भने जेठमा प्रमुख गेट समेतमा ताला लगाइदिएका छन् ।

व्यवसायी रमेश चौलागाईंका अनुसार पहिलो ठेक्का महानगरले कञ्चन ट्रेडिङलाई सञ्चालन गर्ने दिएको थियो । सम्झौता सकेको दिन महानगरका कर्मचारी आएर भाडा महानगरको खातामा हाल्न लगाइ पसल निरन्तर सञ्चालन गर्न दिएको उनले बताए । उनले भने, ‘हामीहरूको लाखाैँ मूल्य बराबरकाे सामान महानगरले नियन्त्रणमा लिएर राखेकाे छ । हामी मर्कामा परेका छौं । हामीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । महानगरको भाडा कति हो हामी तिर्न तयार छौं ।’

अर्का व्यापारी विना श्रेष्ठ भन्छिन, ‘मैले किराना पसल सञ्चालन गरेकी थिएँ । सामान सबै कुहिसक्यो होला । महानगरले कम्तीमा भाडा समायोजन गरेर पसल खोल्न दिनुपर्ने हो । तर, व्यवसायीको दुःख कसले बुझ्ने ?’

महानगरपलिकाले रत्नपार्क, खुलामञ्चको दक्षिणतर्फ रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडि रहेको शौचालयसहितका तीनवटा संरचनाहरुमा बोलकबोलमार्फत २०७३ सालमा दुईजना ठेकदारहरुलाई सञ्चालन गर्न सम्झौता गरेको थियो ।

खुलामञ्चको दक्षिणतर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडिको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै १ साउनमा काठमाडौं महानगरपालिकाले भत्काइसकेको छ । रत्नपार्कतर्फको सहरी सेवा केन्द्रको सम्झौता भने ५ असोजमा सकिए पनि महानगरको बेवास्ताले ठेकेदार माधबप्रसाद काफ्लले व्यवसायीहरूसँग कात्तिकसम्मको भाडा असुलेको पाइएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *