• Home
  • अर्थ
  • रत्नपार्कका व्यवसायीकाे के माग?
Image

रत्नपार्कका व्यवसायीकाे के माग?

काठमाडौं, १६ जेठ

काठमाडौंको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरूले व्यवसाय गर्न दिन माग गरेका छन् ।  काठमाडौं महानगरपालिकाले  ताला लगाइदिएको भन्दै उनीहरुले छिटोभन्दा छिटो पसल खोल्न पाउनुपर्ने माग गरेका हुन् ।

कात्तिकदेखि महानगरका नगर प्रहरीले व्यवसाय बन्द गराई सामान नियन्त्रणमा लिएकाे उनीहरूकाे आराेप छ । चैत २०७८ मा नगरप्रहरीले व्यवसायीहरूको सटरमा ताला लगाए भने जेठमा प्रमुख गेट समेतमा ताला लगाइदिएका छन् ।

व्यवसायी रमेश चौलागाईंका अनुसार पहिलो ठेक्का महानगरले कञ्चन ट्रेडिङलाई सञ्चालन गर्ने दिएको थियो । सम्झौता सकेको दिन महानगरका कर्मचारी आएर भाडा महानगरको खातामा हाल्न लगाइ पसल निरन्तर सञ्चालन गर्न दिएको उनले बताए । उनले भने, ‘हामीहरूको लाखाैँ मूल्य बराबरकाे सामान महानगरले नियन्त्रणमा लिएर राखेकाे छ । हामी मर्कामा परेका छौं । हामीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ । महानगरको भाडा कति हो हामी तिर्न तयार छौं ।’

अर्का व्यापारी विना श्रेष्ठ भन्छिन, ‘मैले किराना पसल सञ्चालन गरेकी थिएँ । सामान सबै कुहिसक्यो होला । महानगरले कम्तीमा भाडा समायोजन गरेर पसल खोल्न दिनुपर्ने हो । तर, व्यवसायीको दुःख कसले बुझ्ने ?’

महानगरपलिकाले रत्नपार्क, खुलामञ्चको दक्षिणतर्फ रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडि रहेको शौचालयसहितका तीनवटा संरचनाहरुमा बोलकबोलमार्फत २०७३ सालमा दुईजना ठेकदारहरुलाई सञ्चालन गर्न सम्झौता गरेको थियो ।

खुलामञ्चको दक्षिणतर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडिको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै १ साउनमा काठमाडौं महानगरपालिकाले भत्काइसकेको छ । रत्नपार्कतर्फको सहरी सेवा केन्द्रको सम्झौता भने ५ असोजमा सकिए पनि महानगरको बेवास्ताले ठेकेदार माधबप्रसाद काफ्लले व्यवसायीहरूसँग कात्तिकसम्मको भाडा असुलेको पाइएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २२ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *