• Home
  • ताजा समाचार
  • बन्दुकसहित १० जना पक्राउ, छर्रा लागेर एक जनाको मृत्यु
Image

बन्दुकसहित १० जना पक्राउ, छर्रा लागेर एक जनाको मृत्यु

काठमाडौं, १६ जेठ

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ अमिलीका ३४ वर्षीय दोर्ण बहादुर आलेमगर रहेका छन् ।

अमिलीस्थित दोबाटो सामुदायिक जंगल डाँडाथरीमा सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आइतबार दिउँसो उनको घटनास्थलमै मृत्यु भएको थियो ।

सोही ठाउँ बस्ने २४ वर्षीय ज्ञान बहादुर नेपालीले सिकार खेल्ने क्रममा मृगलाई हानेको भरुवा बन्दुकको छर्रा लागेर दोर्ण बहादुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठान, ईलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट खटिएको प्रहरीले मृतकसँगै सिकार खेल्न गएका अन्य १० जनालाई २ थान भरूवा बन्दुक सहित पक्राउ गरेको छ ।

घटनामा संलग्न हाल फरार अन्य ४ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *