Trending

बिचाैलियाकाे मनलाग्दी मूल्य, केरा बेच्न किसानहरू आफै सडकमा उत्रिए

1.0kViews
0 Shares

काठमाडौं, १५ जेठ

कोरोना प्रभावपछि जारी लकडाउन र निषेधाज्ञाका कारण थला परेका बाराका केरा किसान अहिले थप समस्यामा परेका छन् । बिचैलियाले आफूखुसी केराको मूल्य निर्धारण गरेर केरा किन्दा किसानहरू समस्यामा परेका हुन् । कोरोनाले अन्य क्षेत्र जस्तै कृषिलाई पनि बढी असर गरेका बेला केराको मूल्य नपाउँदा किसानहरू समस्यामा परेका हुन् ।

केराले स्थानीय बजार नपाउँदा बारीमै कुहिन थालेका छन् । बारीमा कहिनुभन्दा उनीहरू आफै आफै सडकमा पुगेर बेच्न थालेका छन् । गत चैतदेखिनै स्थानीय उत्पादनको आपेक्षकृत रुपमा बजार पाउन नसकेको हाे । लागत मात्रै उठे पनि राहत मिल्ने भन्दा किसानहरू आफै सडक बेच्न बसेकाे किसान जितबहादुर लोप्चनले बताए ।

केरा खेतीबाट मनग्य आम्दानी गर्ने आसमा लगानी गरेका किसान अहिले निरास बनेका छन् । केरा ब्लकबाट विकसित हुँदै केरा जोनमा आईपुग्न लागेको निजगढ नगरपालिकाका किसानका खेतमा अहिले उब्जनी कम हुन थालेकाे छ ।

बिचाैलियाले दुई रुपैयाँप्रति कोसा केराकाे मूल्य दिने गरेका कारण घटामा रहेका किसानले आफैले बेच्दा राम्रै आम्दानी गरेकाे विनय राईले बताए ।

उखु खेती गर्दै आएका यहाँका किसानले चिनी मिलहरूले समयमा भुक्तानी नदिएपछि पछिल्लो समय पेसानै परिवर्तन गरी केरा खेती थालेका थिए । निजगढ नगरपालिकाभित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायीक केरा खेती गर्दै आएका छन् ।

केरा ब्लकबाट विकसित हुँदै केरा जोनको रुपमा स्थापित यस नगरपालिका भित्र मात्रै करिब १२ सय बिघाभन्दा बढी क्षेत्रफलमा किसानले व्यावसायिक केरा खेती गर्दै आएका छन् । प्रतिबिघाह दुईदेखि तीन लाखसम्म मुनाफा लिँदै आएका किसानले केराको मूल्य नपाएपछि चिन्तित बनेका हुन् ।

अन्य बालीको तुलनामा खेती गर्न सजिलो, मिहेनत कम र आम्दानी बढी हुने गरेको किसानहरू बताउँछन् । केरा व्यापारीहरूले खेत बारीमै आएर किन्ने र हातहातै नगद पाईने हुँदा यो व्यावसाय बाराका निजगढ र अन्य पालिकामा फस्टाउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय