• Home
  • ताजा समाचार
  • तारा एयरकाे जहाज बेपत्ता, मौसम खराब खोजीका लागि निस्किएको हेलिकोप्टर फर्कियो
Image

तारा एयरकाे जहाज बेपत्ता, मौसम खराब खोजीका लागि निस्किएको हेलिकोप्टर फर्कियो

काठमाडौं, १५ जेठ

पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ । मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ ।

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ । ‘मौसम खराव छ । दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ । तर कहाँनिर भन्ने छैन ।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ । साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *