१५ जेठदेखि यार्सा संकलन खुला
By Ronisha joshi
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, ९ जेठ
मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बा संकलन गर्न खुला गरेकाे छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन् ।
वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।
उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ । मुगुम कार्मारोङ्ग गाँउपालिका-२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो काेईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ ।
यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने बिषयमा छलफल गरिनेछ ।
यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल् पुग्ने कार्य नगर्न आग्रह गरेको छ ।
यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चाेरी निकासी नगर्न आग्रह गरेकाे गाउँपालिकाले जनाएको छ ।

४ वर्ष अगाडि
४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि