Image

१५ जेठदेखि यार्सा संकलन खुला

काठमाडौं, ९ जेठ

मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा  यार्सागुम्बा संकलन गर्न खुला गरेकाे छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधरणले यार्सा संकलन गर्न सक्नेछन् ।

वन प्रवेशका लागि गाँउपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए ।

उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई  हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ । मुगुम कार्मारोङ्ग गाँउपालिका-२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो काेईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ ।

यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङ्गमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने बिषयमा छलफल गरिनेछ ।

यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल् पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल् पुग्ने कार्य नगर्न आग्रह गरेको छ ।

यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लाष्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चाेरी निकासी नगर्न आग्रह गरेकाे गाउँपालिकाले जनाएको छ ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *