• Home
  • समाचार
  • उपेन्द्र यादवका छोरा मन्त्री छनोटबाट असन्तुष्ट

उपेन्द्र यादवका छोरा मन्त्री छनोटबाट असन्तुष्ट

जनकपुरधाम, २२ असोज ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूबाट  असन्तुष्ट भएका छन् । कोठे बैठकमा रमाउने र आगामी चुनावमा जमानत जफ्त हुनेहरूको बाहुल्य रहेको टिप्पणी समेत गरेको छ ।


जसपा पार्टीको विराटनगरका नेतासमेत रहेका अमरेन्द्रले फेसबुकमा मन्त्रीहरूको छनोटलाई दुर्भाग्यपूर्ण भनी उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘’केन्द्रीय कार्यकारिणीदेखि पार्टीको आधिकारिकतासम्म अहोरात्र खट्ने जनताका नायकहरू मन्त्री मनोनयनमा छुटेका छन् । कोठे बैठकमा रमाउने र विगतका तथा भविष्यका चुनावमा जमानत जफ्त हुनेहरूको बोलबाला देखेर मन दुःखी भयो । 
उनले मन्त्री पदमा पार्टीबाट चुनिएका राजेन्द्र श्रेष्ठ र रामसहाय प्रसाद यादव बाहेक अरूलाई शुभकामना दिन नसकिने लेखेका छन् । उनको आक्रोश पार्टीबाट चारजना मन्त्री नियुक्त भएकाहरूमध्ये महिन्द्रराय यादव र रेणु यादव लक्षित रहेको छ ।
उनले आफ्नो आक्रोशपूर्ण स्ट्याटसमा चारजनाको फोटासमेत राखेका छन् । जसमा प्रदीप यादव, प्रमोद साहलगायत छन् । ती तस्बिर छुट्न नपर्नेहरूको भएको बुझिन्छ । 
उनले पहिले पोस्ट गरेको स्ट्याटस सम्पादन गरी राजेन्द्र र रामसहायजी बाहेक अन्यलाई शुभकामना दिन नसकिने थपेका छन् ।





ReplyForward

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *