Image

विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला

काठमाडौं, २१ वैशाख

भक्तपुर, सप्तरी, स्याङ्जा, कपिलवस्तु र कास्कीमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडाल चापाकोट दाहालगाउँ बस्ने २४ वर्षीय विबेक दाहाल आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको  छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका–८ महुलिया टोल बस्ने ७५ वर्षीय कुसुमलाल दास सोही नगरपालिका–६ स्थित सुरुङगा डाँडाको जंगलमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–२ सन्दिखोला बस्ने ५६ वर्षीया सुन माया नेपाली सोही गाउँपालिका–५ ओईयापुलस्थित मान्छे नबस्ने पुरानो घरभित्र बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–५ पुर्वी रहटकोल गाउँ नजिक खेतमा विजयनगर गाउँपालिका–२ बस्ने ४५ वर्षीय प्रभु थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–२ ठुलाचौर बस्ने ४७ वर्षीय ओम प्रकाश दाहाल सोही गाउँपालिका–२ तारे पहरो डम्थी सामुदायिक वनको भीरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

ओम प्रकाश र  सोही ठाउँ बस्ने ४७ वर्षीय नारायण प्रसाद अधिकारी लगायत ५ जना पोखरा महानगरपालिका–२३ हर्पनबाट अन्नपूर्ण–२ ठुलाचौर जाने क्रममा ओम प्रकाश हराएका थिए ।

हराएको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगर र अस्थाई प्रहरी पोष्ट बम्दीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भीरमा उनको शव फेला पारेको हो ।

घटनाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Related Posts

ब्राइडल क्वीन २०२६’ विजेता रेनाता कट्टेल बैंककको ‘एमएस हेरिटेज इन्टरनेसनल’मा भिड्दै

  ​काठमाडौँ: ‘ब्राइडल क्वीन २०२६’ को उपाधि विजेता रेनाता कट्टेलले थाइल्यान्डको बैंककमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘एमएस…

ByByanjana soni २३ घण्टा अगाडि

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १ हप्ता अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १ हप्ता अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *