Image

दलका आमसभाले हुप्रचाैरमा दुर्गन्धित फैलियो

काठमाडौं, २० वैशाख

केही दिनयता हेटाैंडाकाे हुप्रचाैरमा राजनीतिक दलहरूले आयाेजना गरेकाे आमसभाले विभिन्न खेलका खेलाडीकाे प्रशिक्षण प्रभावित बनिरहेकाे छ । हरेक दिन जसाे हुप्रचाैरमा रानीतिक गतिविधि हुँदा उनीहरू प्रशिक्षणबाटै बन्चित भएका हुन् ।

नेकपा एमालेले आइतबार गरेकाे आमसभाका क्रममा हुप्रचौरमा भएकाे फाेहाेर अझैसम्म पनि सफा गरिएकाे छैन । फाेहाेरकै कारणा खेलाडीहरू खेल मैदानमा नगएकाे बताउँछन् । यहाँकाे फाेहाेरले हुप्रचौर आसपासमा समेत दुर्गन्धत फैलिएकाे छ ।

आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति थियाे । यसअघि नगर विकास समितिले हुप्रचौरमा मेला, महोत्सव तथा राजनीतिक दलका कार्यक्रममा प्रतिबन्द लगाएकाे थियाे ।

केही साताअघि राप्रपा मकवानपुरको आयोजनामा राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा पनि हुप्रचौरमा सभा भएको थियो । यद्यपि, राप्रपाले भने कार्यक्रम भएको भोलlपल्टै हुप्रचौर सफा गरेको थियो ।

एमालेले भने कार्यक्रमपश्चात फोहोर सफाई र टेण्टका लागि बनाएको खाल्डो समेत पुरेको छैन । हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको थियो ।

एमालेले हुप्र चौरमा गरेको फोहोर र खाल्डोको बारेमा सामाजिक संजालमा आलोचना भइरहेको छ । हुप्रचौरमा भएको फोहोर एवं खाल्डाखुल्डीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै कसले सरसफाई गर्ने भन्दै प्रश्न गरेका थिए । उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

स्थानीयले पनि हुप्रचौरमा खाल्डो तथा फोहोर गरेकाे भन्दै विरोध गरेका छन् । ‘यो हुप्रचौर हामी सबैको सम्पति हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ एक स्थानीयले भने, ‘केही वर्ष यस्ता कार्यक्रम भएका थिएनन् । फेरि राजनीतिक दलले हुप्रचौरलाई दुरुपयोग गर्न थालेका छन् ।’

एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले आजै खाल्डो पुर्ने र सरसफाइ गर्ने कार्यक्रम रहेको बताए । कार्यक्रम सकिएपछि पनि सरसफाई गरेकाे र कतै खाल्डो र फोहोर बाँकी रहेकाेमा त्यसलाई पनि सफा गरिने उनले बताए ।

Related Posts

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ३ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ३ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *