Image

दलका आमसभाले हुप्रचाैरमा दुर्गन्धित फैलियो

काठमाडौं, २० वैशाख

केही दिनयता हेटाैंडाकाे हुप्रचाैरमा राजनीतिक दलहरूले आयाेजना गरेकाे आमसभाले विभिन्न खेलका खेलाडीकाे प्रशिक्षण प्रभावित बनिरहेकाे छ । हरेक दिन जसाे हुप्रचाैरमा रानीतिक गतिविधि हुँदा उनीहरू प्रशिक्षणबाटै बन्चित भएका हुन् ।

नेकपा एमालेले आइतबार गरेकाे आमसभाका क्रममा हुप्रचौरमा भएकाे फाेहाेर अझैसम्म पनि सफा गरिएकाे छैन । फाेहाेरकै कारणा खेलाडीहरू खेल मैदानमा नगएकाे बताउँछन् । यहाँकाे फाेहाेरले हुप्रचौर आसपासमा समेत दुर्गन्धत फैलिएकाे छ ।

आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीको समेत उपस्थिति थियाे । यसअघि नगर विकास समितिले हुप्रचौरमा मेला, महोत्सव तथा राजनीतिक दलका कार्यक्रममा प्रतिबन्द लगाएकाे थियाे ।

केही साताअघि राप्रपा मकवानपुरको आयोजनामा राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा पनि हुप्रचौरमा सभा भएको थियो । यद्यपि, राप्रपाले भने कार्यक्रम भएको भोलlपल्टै हुप्रचौर सफा गरेको थियो ।

एमालेले भने कार्यक्रमपश्चात फोहोर सफाई र टेण्टका लागि बनाएको खाल्डो समेत पुरेको छैन । हुप्रचौरमा नगर विकास समितिले सार्वजनिक कार्यक्रम, मेला महोत्सव र आमसभा आयोजना गर्न रोक लगाएको थियो ।

एमालेले हुप्र चौरमा गरेको फोहोर र खाल्डोको बारेमा सामाजिक संजालमा आलोचना भइरहेको छ । हुप्रचौरमा भएको फोहोर एवं खाल्डाखुल्डीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै कसले सरसफाई गर्ने भन्दै प्रश्न गरेका थिए । उक्त तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

स्थानीयले पनि हुप्रचौरमा खाल्डो तथा फोहोर गरेकाे भन्दै विरोध गरेका छन् । ‘यो हुप्रचौर हामी सबैको सम्पति हो । यसको संरक्षण गर्नु हाम्रो दायित्व हो,’ एक स्थानीयले भने, ‘केही वर्ष यस्ता कार्यक्रम भएका थिएनन् । फेरि राजनीतिक दलले हुप्रचौरलाई दुरुपयोग गर्न थालेका छन् ।’

एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठले आजै खाल्डो पुर्ने र सरसफाइ गर्ने कार्यक्रम रहेको बताए । कार्यक्रम सकिएपछि पनि सरसफाई गरेकाे र कतै खाल्डो र फोहोर बाँकी रहेकाेमा त्यसलाई पनि सफा गरिने उनले बताए ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ दिन अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ४ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ४ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *