• Home
  • Uncategorized
  • वीरगंज भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रता

वीरगंज भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रता

वीरगंज भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रत
पर्सा, २७ चैत्र / नेपालकै आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सारको पछाडी नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रता बढेको पाइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा माछा तस्कर समुहले दैनिक लाखौ बराबरको माछा नेपाल भित्रयाउन सफल भएका हुन ।
सीमा सुरक्षाको साथ साथै शान्ति सुरक्षामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्कर समुहले दैनिक लाखौ बराबरको माछा अवैध तरिकाले आयात गर्न सफल भएका छन । सीमा सुरक्षाको निम्ति बोर्डर आउट पोष्ट वीरगंज र प्रहरी चौकी इनर्वाको सहयोगमा माछा तस्करी कार्य दिनप्रति दिन बढ्दै गएको पाइन्छ । पत्रकारिताको खोल ओढी गैर कानुनी कार्यमा संलग्न रहेका केही व्यक्ति तस्करी कार्यमा संलग्न हुदा माछा तस्करीमा तिब्रता बढेको स्थानीय प्रहरी चौकीका एक कर्मचारी बताउछन ।
दैनिक इनर्वा गाउ हुदै २५ देखी ३५ वटा टंगामा माछा नेपाल आउने गरेको श्रोतले बताएका छन । उनका अनुसार इनर्वा गाउ हुदै नेपाल भित्रिने माछा तस्करले मासिक ५० हजार स्थानीय प्रहरी चौकीमा दिने गरेको र सीमामा खटिने सशस्त्र प्रहरीलाई मासिक १ लाख रुपैया दिने गरेको कारण माछा तस्करी रोकिन नसक्ने बताएका छन । उनका अनुसार माछा तस्कर आफु पत्रकारिता पेशामा आवद्ध रहेको धाक धम्की लगाउने गरेको कारण आफुहरु रोकिन नसक्ने बताएका छन । आफुहरु माछाको गाडीलाई रोकिदा हाकिमको गाली खाने बाध्यताका कारण माछाको गाडी रोकिन नसक्ने बताएका छन ।
नेपाल र भारतको सीमा नाका हुदै खुल्याम तरिकाले माछा तस्करका समुहहरु माछा नेपाल भित्रयाउन सफल हुन्छन । तर सीमा सुरक्षाको साथ साथै स्कवाड टोलीको नामले खटिने सशस्त्र प्रहरीका कर्मचारीहरु समेत मौन धारण गर्नुले माथिल्लो निकायको नाममा समेत रकम उठ्ने गरेको प्रमाणित गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरीले मात्र नभई जिल्लामा रहेका प्रहरीहरुले समेत माछाको रकम उठाउने गरेको बारे हालसम्मको काम कारवाहीले प्रष्ट पारेको छ । तसर्थ ः यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni २ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni २ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni २ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *