Trending

वीरगंज भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रता

1.1kViews
0 Shares

वीरगंज भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रत
पर्सा, २७ चैत्र / नेपालकै आर्थिक नगरीको रुपमा मानिने वीरगंज भन्सारको पछाडी नाकाको प्रयोग गर्दै माछा तस्करीमा तिब्रता बढेको पाइन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा माछा तस्कर समुहले दैनिक लाखौ बराबरको माछा नेपाल भित्रयाउन सफल भएका हुन ।
सीमा सुरक्षाको साथ साथै शान्ति सुरक्षामा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भन्सार पछाडी इनर्वा नाकाको प्रयोग गर्दै माछा तस्कर समुहले दैनिक लाखौ बराबरको माछा अवैध तरिकाले आयात गर्न सफल भएका छन । सीमा सुरक्षाको निम्ति बोर्डर आउट पोष्ट वीरगंज र प्रहरी चौकी इनर्वाको सहयोगमा माछा तस्करी कार्य दिनप्रति दिन बढ्दै गएको पाइन्छ । पत्रकारिताको खोल ओढी गैर कानुनी कार्यमा संलग्न रहेका केही व्यक्ति तस्करी कार्यमा संलग्न हुदा माछा तस्करीमा तिब्रता बढेको स्थानीय प्रहरी चौकीका एक कर्मचारी बताउछन ।
दैनिक इनर्वा गाउ हुदै २५ देखी ३५ वटा टंगामा माछा नेपाल आउने गरेको श्रोतले बताएका छन । उनका अनुसार इनर्वा गाउ हुदै नेपाल भित्रिने माछा तस्करले मासिक ५० हजार स्थानीय प्रहरी चौकीमा दिने गरेको र सीमामा खटिने सशस्त्र प्रहरीलाई मासिक १ लाख रुपैया दिने गरेको कारण माछा तस्करी रोकिन नसक्ने बताएका छन । उनका अनुसार माछा तस्कर आफु पत्रकारिता पेशामा आवद्ध रहेको धाक धम्की लगाउने गरेको कारण आफुहरु रोकिन नसक्ने बताएका छन । आफुहरु माछाको गाडीलाई रोकिदा हाकिमको गाली खाने बाध्यताका कारण माछाको गाडी रोकिन नसक्ने बताएका छन ।
नेपाल र भारतको सीमा नाका हुदै खुल्याम तरिकाले माछा तस्करका समुहहरु माछा नेपाल भित्रयाउन सफल हुन्छन । तर सीमा सुरक्षाको साथ साथै स्कवाड टोलीको नामले खटिने सशस्त्र प्रहरीका कर्मचारीहरु समेत मौन धारण गर्नुले माथिल्लो निकायको नाममा समेत रकम उठ्ने गरेको प्रमाणित गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरीले मात्र नभई जिल्लामा रहेका प्रहरीहरुले समेत माछाको रकम उठाउने गरेको बारे हालसम्मको काम कारवाहीले प्रष्ट पारेको छ । तसर्थ ः यस बिषयमा माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय