• Home
  • समाचार
  • सशस्त्र प्रहरीका ११ डिआइजीको सरुवा
Image

सशस्त्र प्रहरीका ११ डिआइजीको सरुवा

काठमाडौं : सशस्त्र प्रहरी बलका ११ जना प्रहरी नायब महानिरीक्षक ( डिआइजी ) काज सरुवा भएको छ ।
बिहीबार मन्त्रिपरिषद्को निर्णय अनुसार गृह मन्त्रालयले डिआइजीहरुको काज सरुवा निकालेको हो ।

सरुवा अनुसार मन्दीप श्रेष्ठ सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएका छन् । मन्दीप श्रेष्ठ ३ नम्बर बाहिनजी मुख्यालय मकवानपुरमा कार्यारत थिए ।

यस्तै राजु अर्याल सशस्त्र प्रहरी बलको प्रमुख कार्यालय मानव संसाधन श्रोत विभागमा सरुवा भएका छन् । डिआइजी राजु अर्याल यसअघि ९ नम्बर पशुपतिनाथ मुख्‍यालयमा, काठमाडौंमा कार्यरत थिए ।

यस्तै नारायणदत्त पौडेलको सशस्त्र प्रहरी बल को प्रमुख कार्यालय मानव श्रोत विभाग, चन्द्र प्रकाश गौतमको सीमा सुरक्षा विभाग, वंशीराज दाहालको ९ पशुपतिनाथ बाहिनी, मुख्‍यालय काठमाडौंमा सुरुवा भएको छ । ई। किशोर प्रधानको नेपाल न‌म्वर ३ गढीमाइ बाहिनी मुख्‍यालय मकवानपुर र कमल गिरीको नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएकोछ ।

यस्तै गणेशबहादुर ठाडा मगरको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्‍यालय महोत्तरी, कुल बहादुर नेम्वाङको नेपाल नम्बर ५ बिन्ध्यबासिनी मुख्‍यालय रुपन्देही, दुर्गाप्रसाद भट्टराईको नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्‍यालय कैलाली र शम्भु सुवेदीको नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्‍यालय कास्कीमा सरुवा भएको गृहमन्त्रालयले जनाएको छ ।

Related Posts

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *