• Home
  • ताजा समाचार
  • मन्त्री, भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नुरहुनु हो –सुदेश पराजुली
Image

मन्त्री, भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नुरहुनु हो –सुदेश पराजुली

काठमाडौं फागुन ३० गते
नेकपा एसका मन्त्री राति राति अर्को पार्टीको अध्यक्षको घरमा गेट पाले बस्न जाने गरेको आरोप नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीले लगाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत उहाँले यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीको गम्भीर समिक्षा गर्न जरुरी भएको बताउनु भएको हो । उहाँले नेपाल कम्युनिस्ट एकीकृत समाजवादी पार्टीमा लागेका आम नेता कार्यकर्ताको अहिलेको भावलाई पार्टीबाट सरकारमा सहभागी मन्त्रीको माथि उल्लेख गरेका (जनता कार्यकर्ता भन्दा माफिया दलाल प्यारो देख्ने सेटिङ्ग गर्ने) गतिविधिले प्रतिनिधित्व गर्न सक्छ त भन्ने प्रश्न खडा भएको बताउनु भएको छ ।

त्यस्तै उहाँले आफनो पार्टीबाट मन्त्री बनेकाहरु जनतासँग भन्दा बढी दलाल माफियासँग सम्बन्ध कसिलो बनाउन लालायित देखिएको भन्दै आक्रो पोख्नु भएको छ । उहाँले मन्त्री भएपछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे परेको भन्दै मन्त्रीहरुको यस्तो व्यवहारबाट कार्यकर्ताले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको बताउनु भएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ,गम्भीर कुरा त मन्त्री एउटा पार्टीबाट बन्ने अनि राती राती अर्को पार्टीको अध्यक्षको घरमा गेटपाले बस्न जाने ,यस्ता गतिविधि गर्ने मन्त्रीको कार्यशैलीमा गम्भीर समिक्षा गर्नु जरुरी छ ।‘मन्त्री र मन्त्रालय आम जनताको हुनुपर्छ यसमा सम्बन्धित पार्टीको मन्त्री बनेमा वा भएमा मन्त्री र जनताको सम्बन्धलाई सम्बन्धित पार्टीका कार्यकर्ताले सुमधुररकसिलो वनाउनु पर्दछ । तर यहाँ मन्त्री स्वयं जनता र कार्यकर्तासंग भन्दा बढि सम्बन्ध दलाल माफियासंग कसिलो बनाउन लालायित देखिन्छन् । मन्त्री भए पछि माफिया दलाल भ्रष्टाचारी नै प्यारो ठान्ने मन्त्रीबाट समाजवादको जग बसाउन हम्मे हम्मे छ ।मन्त्री भनेको भुडी ठुलो बनाउनु र हल्लाउनु होईन जनताको प्यारो बन्नुरहुनु हो । मन्त्रीहरुको यस्तो व्यवहारबाट हामीले सोचेको यात्रामा अवश्य पनि प्रश्न लागेको छ ।’

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *