काठमाडौं । फागुन २५ गते
आज नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ। आज दिउँसो समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, सत्ता गठबन्धन, आगामी निर्वाचन र एमसीसीको पक्षमा उभिएपछि उत्पन्न परिस्थितिलगायतका विषयमा छलफल हुनेछ।

यस अगाडि नै पोलिटव्युरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। उक्त बैठकबाट पास भएका एजेण्डामाथि आज छलफल हुनेछ। आज र भोली दुई दिन बैठक बोलाइएको हो।।












