
काठमाडौं । फेसन तथा इन्टेरियर डिजाइन शिक्षामा सक्रिय Valentino International College of Fashion & Interior Design का विद्यार्थीहरूले Face of Nepal 2026 को प्रतिष्ठित मञ्चमा आफ्ना सिर्जनात्मक डिजाइन प्रस्तुत गरेका छन्।
प्रतियोगिताका सुन्दर तथा आत्मविश्वासी प्रतियोगीहरूका लागि Valentino का विद्यार्थीहरूले तयार पारेका विभिन्न डिजाइन रनवेमा प्रस्तुत गरिएको थियो। पहिलो स्केचदेखि अन्तिम लुकसम्म विद्यार्थीहरूले आफ्नो सिर्जनशीलता, सीप, मेहनत र फेसनप्रतिको लगावलाई डिजाइनमार्फत प्रस्तुत गरेका थिए।
Face of Nepal 2026 को निर्णायक मण्डलमा Valentino International College का दुई सञ्चालक समेत निर्णायकका रूपमा सहभागी भएका थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरू सहभागी रहेको कार्यक्रममा नायिका मेनुका माझी र नेपालकी चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं पनि निर्णायकका रूपमा रहेका थिए।
Valentino का विद्यार्थीहरूको डिजाइन प्रतिष्ठित फेसन प्लेटफर्ममा प्रस्तुत हुनुका साथै कलेजका सञ्चालकहरू स्वयं निर्णायक मण्डलमा सहभागी हुनुले विद्यार्थी र कलेजका लागि थप गौरवको विषय बनेको छ।
कलेजले विद्यार्थीहरूलाई कक्षाकोठाको सैद्धान्तिक ज्ञानसँगै वास्तविक फेसन प्लेटफर्ममा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्दै आएको जनाएको छ। Face of Nepal जस्तो मञ्चमा विद्यार्थीहरूको सिर्जना प्रस्तुत हुनु उनीहरूको व्यावसायिक यात्राका लागि महत्वपूर्ण अनुभव भएको कलेजको भनाइ छ।
“Designed with passion. Created with purpose. Presented with confidence” भन्ने भावनासहित तयार पारिएका विद्यार्थीका डिजाइनले युवा पुस्तामा रहेको सिर्जनशीलता र फेसनप्रतिको सम्भावनालाई उजागर गरेको छ।
Valentino International College ले Face of Nepal 2026 मा सहभागी सम्पूर्ण प्रतियोगी, निर्णायक तथा आफ्ना विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि नेपाली फेसन उद्योगका लागि दक्ष र सिर्जनशील डिजाइनर उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Valentino International College of Fashion & Interior Design × Face of Nepal 2026
जहाँ युवा प्रतिभा रनवेसँग जोडिन्छ।












