• Home
  • ताजा समाचार
  • पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन
Image

पूजा ठाकुरको ‘तीजैमा छमछम’ सार्वजनिक, तीजको मौलिक संस्कृति र उल्लाससँगै नाच्दैछ नेपाली मन

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजलाई लक्षित गर्दै नयाँ तीज गीत ‘तीजैमा छमछम’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा जनकपुरकी चर्चित कलाकार पूजा ठाकुर मुख्य भूमिकामा देखिएकी छन्।

देशी फिल्म्सको प्रस्तुति तथा पूजा ठाकुरको निर्माणमा तयार भएको गीतले तीजको मौलिक संस्कृति, परम्परागत पहिरन, नृत्य र उत्सवको उल्लासलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

‘तीजैमा छमछम’ मा पूजा ठाकुरको अभिनय तथा प्रस्तुति रहेको छ भने एलेना चौहान र मेलिना मैनालीले स्वर दिएका छन्। गीतको शब्द तथा संगीत पनि मेलिना मैनालीकै रहेको छ। कमल खत्रीले संगीत संयोजन गरेका छन् भने गीतको मिक्स तथा मास्टरिङ सजन शाहले गरेका हुन्।

गीतको भिडियो निर्देशन विभोर पोखरेलले गरेका छन्। छायांकन विशाल थापा तथा उनको टिमले गरेको हो। भिडियोमा तीजको पारम्परिक पहिरन, मेहन्दी, गरगहना र सामूहिक नृत्यमार्फत नेपाली महिलाहरूको तीज उत्सवलाई जीवन्त रूपमा प्रस्तुत गरिएको छ।

भिडियोको कोरियोग्राफी रोशन बिश्वकर्माले गरेका छन् भने मेकअप पूनम चौधरीको रहेको छ। प्रोडक्सन म्यानेजर हरि अधिकारी हुन्। सम्पादन आई क्याच स्टुडियोले गरेको छ भने सम्पादन तथा कलरिङ डिन्सन शाहले गरेका छन्।

सार्वजनिक पोस्टरमा हरियो पहिरनमा सजिएकी पूजा ठाकुरसहित अन्य कलाकारलाई तीजको उल्लासपूर्ण शैलीमा प्रस्तुत गरिएको छ। भिडियो निर्माण तथा प्रस्तुति देशी फिल्म्सले गरेको हो।

‘तीजैमा छमछम’ युट्युबसँगै टिकटक, फेसबुक रिल्स, युट्युब शर्ट्स लगायतका डिजिटल प्लेटफर्ममा समेत उपलब्ध गराइएको निर्माण पक्षले जनाएको छ।

तीजको सांस्कृतिक उल्लास, नृत्य र मनोरञ्जनलाई केन्द्रमा राखिएको यस गीतले यस वर्षको तीजमा दर्शक तथा श्रोतामाझ नयाँ उत्साह र मनोरञ्जन थप्ने अपेक्षा गरिएको छ।https://youtu.be/mQQMzIdwn9M?si=aNrBN0EDgyIxvF6E

Related Posts

रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास लुकाएर राखेको भेटियो

उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर…

ByByDeveloper Team २ दिन अगाडि

परम्परा र आधुनिक Couture को संगम बन्दै ‘Bridal Couture Runway 2026 – Edition 3’

काठमाडौं । नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने तयारीसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni २ दिन अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj ४ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni २ महिना अगाडि

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक काठमाडौं — नेपाली सङ्गीत बजारमा प्रतीक्षित मानिएको नयाँ म्युजिक…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि
ByBySulav Rijal २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *