• Home
  • अन्तराष्ट्रिय खबर
  • मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा
Image

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छन्।

साक्षीले विभिन्न राष्ट्रिय टेलिभिजनहरूमा प्रस्तोताको भूमिका निर्वाह गर्दै दर्शकमाझ लोकप्रियता हासिल गरेकी थिइन्। उनले जनता टेलिभिजन एचडीमा प्रस्तोताको रूपमा काम गरेपछि कान्तिपुर टिभी एचडीमा समेत आफ्नो क्षमता प्रदर्शन गरेकी थिइन्। त्यसपछि ‘राजपाट’ कार्यक्रममा प्रस्तोताका रूपमा समेत सक्रिय रहँदै सञ्चार क्षेत्रमा आफ्नो प्रभाव विस्तार गरिन्।

हाल उनी डिजिटल मिडिया र मोडलिङ क्षेत्रमा उत्तिकै सक्रिय देखिएकी छन्। सामाजिक सञ्जालमा ठूलो प्रशंसक वर्ग बनाएकी साक्षी विभिन्न ब्रान्डहरूको प्रवर्द्धन तथा विज्ञापन अभियानमा संलग्न रहँदै आएकी छन्। उनी हाल IME Pay की ब्रान्ड एम्बासडर इन्फ्लुएन्सरका रूपमा कार्यरत छिन्।

मिडिया क्षेत्रमा लामो अनुभव बटुलेकी साक्षीले आफ्नो व्यक्तित्व, प्रस्तुति कला र आकर्षक शैलीका कारण युवा पुस्तामाझ विशेष लोकप्रियता हासिल गरेकी छन्। टेलिभिजन प्रस्तोतादेखि मोडलिङ र डिजिटल प्रभावकारसम्मको उनको यात्रा नेपाली युवाका लागि प्रेरणादायी बनेको छ।

साक्षी लम्सालले आगामी दिनमा पनि सञ्चार तथा मनोरञ्जन क्षेत्रमार्फत नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

हालै बैंकक, थाइल्याण्डस्थित संयुक्त राष्ट्र संघको सम्मेलन केन्द्र (UN ESCAP) मा सम्पन्न पाँचौं अन्तर्राष्ट्रिय युवा फोरम (IYF2025) मा होस्ट  को भूमिका निर्वाह गरेकी हुन्।

६२ देशका ५०० भन्दा बढी प्रतिनिधि सहभागी उक्त फोरममा जलवायु परिवर्तन, नैतिक कृत्रिम बुद्धिमत्ता, लैङ्गिक समानता तथा समावेशी शासनका विषयमा छलफल गरिएको थियो। नेपालबाट २२ जना युवा प्रतिनिधिहरू सहभागी भएको कार्यक्रममा साक्षीले अन्तर्राष्ट्रिय अतिथि, युवा प्रतिनिधि तथा उच्चस्तरीय वक्ताहरूबीच कार्यक्रम सञ्चालन गर्दै नेपालको क्षमता र प्रतिभालाई विश्वसामु प्रस्तुत गरिन्!

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ हप्ता अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

साउथजोन माध्यमिक विद्यालयमा विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा पुरस्कार वितरण सम्पन्न

वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको…

ByByBirgunj १ महिना अगाडि

सगरमाथा स्कुल मुर्ली–१२, वीरगंजमा ब्याच वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न

वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच…

ByByBirgunj १ महिना अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal १ महिना अगाडि

सशस्त्र प्रहरी जवानले किशोरी भगाएको आरोपमा पक्राउ घटनाबारे थप अनुसन्धान भइरहेको छ!

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ शिशुवाकी एक १५ वर्षीया किशोरीलाई प्रेम सम्बन्धको बहानामा भगाएको आरोपमा सशस्त्र प्रहरी जवान पक्राउ…

ByBySulav Rijal १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *