• Home
  • ताजा समाचार
  • वीरगंजका निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध
Image

वीरगंजका निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध

वीरगंज – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको उक्त आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

वीरगंजकाे पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू हुने छ । वीरगंजमा आइतबारदेखि दुई समुदायकाे प्रदर्शन उग्र रुप लिएपछि प्रमुख जिल्ला अधिकारी दाहालद्वारा निषेधाज्ञा जारी गरिएकाे हाे ।

जिल्ला प्रशासनले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी समेत दिएको छ ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *