• Home
  • ताजा समाचार
  • वीरगंजका निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध
Image

वीरगंजका निषेधाज्ञा जारी, भेला–जुलुस पूर्ण प्रतिबन्ध

वीरगंज – जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मिति २०८२/०९/२१ गते दिउँसो १:०० बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागू हुनेछ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम जारी गरिएको उक्त आदेशअनुसार तोकिएका क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

वीरगंजकाे पूर्वतर्फ बसपार्क, पश्चिमतर्फ सिर्सिया पुल, उत्तरतर्फ पावर हाउस चौक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म निषेधाज्ञा लागू हुने छ । वीरगंजमा आइतबारदेखि दुई समुदायकाे प्रदर्शन उग्र रुप लिएपछि प्रमुख जिल्ला अधिकारी दाहालद्वारा निषेधाज्ञा जारी गरिएकाे हाे ।

जिल्ला प्रशासनले निषेधाज्ञा आदेशको उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने स्पष्ट चेतावनी समेत दिएको छ ।

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ दिन अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ दिन अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj ७ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *