• Home
  • समाचार
  • प्याब्सन वीरगञ्जको टी–१० क्रिकेटमा चार खेल सम्पन्न
Image

प्याब्सन वीरगञ्जको टी–१० क्रिकेटमा चार खेल सम्पन्न

वीरगञ्ज – निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ अन्तर्गत बिहीबार चार खेल सम्पन्न भएका छन् ।

वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गोल्डेन फ्युचर स्कूललाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । ८ ओभरमा खेलाइएको खेलमा गोल्डेन फ्युचरले दिएको २३ रनको लक्ष्य लिटल फ्लावरले २५ रन बनाउँदै पूरा गर्‍यो ।

दोस्रो खेलमा विकन स्कूलले प्रस्तुत गरेको ४९ रनको लक्ष्य सेन्ट जेभियर विद्यालयले ५० रन बनाएर सफलतापूर्वक पछ्याउँदै जीत हात पारेको छ । तेस्रो खेलमा नवदीप स्कूलले दिएको ३८ रनको लक्ष्य ज्ञान वाटिका विद्यालयले पछ्याउँदै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ ।

त्यसैगरी अन्तिम खेलमा कालिकामाई स्कूलले चिल्ड्रेन वर्ल्डलाई पराजित गर्दै जित निकालेको छ ।

विद्यालयस्तरका छात्रा तथा जुनियर छात्रलाई लक्षित गरी आयोजना गरिएको उक्त प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुद प्रतिभा विकास गर्न सहयोग पुग्ने आयोजकहरूको भनाइ छ । दर्शक तथा स्थानीयवासीहरूले यस्ता खेलकुद प्रतियोगिता भविष्यमा पनि निरन्तर आयोजना हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni २ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *